अर्जुनधारामा बच्चालाई स्कुल बस चढाउन जाँदा घरमा लाखौँको चोरी

झापा, २३ फागुन । झापाको अर्जुनधारामा बच्चालाई स्कुल बस चढाउन जाँदा घरमा लाखौँको चोरी भएको छ । बिहीबार बिहान अन्दाजी ९ः३० बजे अर्जुनधारा नगरपालिका(६ दासपुल नजिक बस्ने लक्ष्मी सङ्ग्रौलाको २ तले घरको माथिल्लो तलाबाट लाखौँको चोरी भएको हो । लक्ष्मी सङ्ग्रौलाकी बुहारी इन्दिरा रिजाल सङ्ग्रौला घरको ढोका तथा गेट खुल्ला राखी बच्चालाई स्कुल बस चढाउन [...] The post अर्जुनधारामा बच्चालाई स्कुल बस चढाउन जाँदा घरमा लाखौँको चोरी appeared first on Jhapa Online.

Mar 7, 2025 - 08:13
 0
अर्जुनधारामा बच्चालाई स्कुल बस चढाउन जाँदा घरमा लाखौँको चोरी

झापा, २३ फागुन । झापाको अर्जुनधारामा बच्चालाई स्कुल बस चढाउन जाँदा घरमा लाखौँको चोरी भएको छ । बिहीबार बिहान अन्दाजी ९ः३० बजे अर्जुनधारा नगरपालिका(६ दासपुल नजिक बस्ने लक्ष्मी सङ्ग्रौलाको २ तले घरको माथिल्लो तलाबाट लाखौँको चोरी भएको हो । लक्ष्मी सङ्ग्रौलाकी बुहारी इन्दिरा रिजाल सङ्ग्रौला घरको ढोका तथा गेट खुल्ला राखी बच्चालाई स्कुल बस चढाउन गएकी थिइन् ।

उनी बच्चालाई स्कुल बस चढाई घर फर्किदा घरको माथिल्लो तलामा रहेको दराजको घर्रा भित्रबाट सुनको विभिन्न गर–गहना अन्दाजी ९ तोला बराबर र चाँदी अन्दाजी ३ तोला समेत गरी अन्दाजी १५ लाख बराबरको चोरी भएको हो । चोरी गर्ने व्यक्तिको पहिचान तथा खोजतलास कार्य भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।

The post अर्जुनधारामा बच्चालाई स्कुल बस चढाउन जाँदा घरमा लाखौँको चोरी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register