बिर्तामोड महोत्सवमा एउटा टिकट किन्दा अर्को फ्रि !

झापा, १४ माघ । एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्को टिकट फ्रि गरेको छ । अब एक सय रुपैयाँको टिकट लिदा दुई वटा टिकट पाइने भएको छ । योसंगै एनसेलका दुई वटा सिम सित्तैमा र एक प्याकेट सेनिटर प्याडसमेत उपलब्ध गराउने भएको हो । [...] The post बिर्तामोड महोत्सवमा एउटा टिकट किन्दा अर्को फ्रि ! appeared first on Jhapa Online.

Jan 27, 2025 - 03:12
 0
बिर्तामोड महोत्सवमा एउटा टिकट किन्दा अर्को फ्रि !

झापा, १४ माघ । एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्को टिकट फ्रि गरेको छ ।

अब एक सय रुपैयाँको टिकट लिदा दुई वटा टिकट पाइने भएको छ । योसंगै एनसेलका दुई वटा सिम सित्तैमा र एक प्याकेट सेनिटर प्याडसमेत उपलब्ध गराउने भएको हो । महोत्सवलाई थप रोचक र चलायमान बनाउन महोत्सव आयोजक समितिले यस्तो निर्णय गरेको हो ।

यो निर्णय आज माघ १४ गते सोमवारबाट लागू भएको छ । माघ १९ गते सम्म सञ्चालन हुने महोत्सव अवधिभर यो निणर्य लागू गरिने छ महोत्सव मूल आयोजक समितिका सदस्य विपीन बजगाईले भन्नुभयो । महोतसवमा सहभागीलाई साँझ ५ वजेसम्मका लागि यो सुविधा प्रदान गरिएको हो ।

माघ ८ गतेदेखि जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरले साँझ सांगीतिक प्रस्तुति दिँदै आएका छन् । आदिवासी जनजाति महासंघको समन्वयमा दिनभर विभिन्न जात जातिको सास्कृतिक कार्यक्रम समेत महोत्सवमा प्रस्तुत गरिँदै आएको छ ।

The post बिर्तामोड महोत्सवमा एउटा टिकट किन्दा अर्को फ्रि ! appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register