कांग्रेस झापाले पार्टी एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने

बिर्तामोड, १६ फागुन । नेपाली कांग्रेस झापाले एकमहिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेस झापाका पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति तथा गाउँ÷नगर सभापतिहरुको संयुक्त बैठकले एकमहिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टी सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । अभियानका क्रममा क्रियाशिल [...] The post कांग्रेस झापाले पार्टी एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने appeared first on Jhapa Online.

Feb 28, 2025 - 09:32
 0
कांग्रेस झापाले पार्टी एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने

बिर्तामोड, १६ फागुन । नेपाली कांग्रेस झापाले एकमहिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।

नेपाली कांग्रेस झापाका पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति तथा गाउँ÷नगर सभापतिहरुको संयुक्त बैठकले एकमहिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टी सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

अभियानका क्रममा क्रियाशिल सदस्यता नवीकरण, जन आन्दोलनका घाइते, शहीद परिवारको अवस्था बुझ्दै प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुसँग अन्तरक्रिया र छलफल गरी संगठनको यथार्थ अवस्थाबारे अध्ययन गरिने बताइएको छ । फागुन २२ गतेदेखि चैत २२ गतेसम्म सञ्चालन हुने अभियानलाई सफल बनाउन पार्टीसभापतिसहित पदाधिकारीहरु क्षेत्रस्तरमा प्रतिनिधिका रुपमा खटिने निर्णय बैठकले गरेको छ ।

निर्णय अनुसार झापा क्षेत्र नं–१ मा सचिव कृष्ण हुमागाई, क्षेत्र नम्बर–२ मा उपसभापति शेरबहादुर भटराई, क्षेत्र नं–३ मा सभापति देउकुमार थेवे, क्षेत्र नम्बर ४ मा सचिव नवीन विमली र क्षेत्र नं–५ मा उपसभापति केशवराज पाण्डे प्रतिनिधिका रुपमा खटिनुभएको छ । संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउन क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ÷नगर एवं वडा समितिको संयुक्त बैठक एवं अन्तरक्रिया कार्यक्रम समेत गरिने बताइएको छ ।

यसैबीच कोशी प्रदेश संगठन विभागले आयोजना गर्न लागेको ‘संगठनको वर्तमान अवस्था र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रम पनि अभियानमा खटिएका प्रतिनिधिहरुले नै सम्बन्धित क्षेत्रमा गर्ने÷गराउन समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी बैठकले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा रहेका क्याम्पसहरुमा स्ववियु निर्वाचन सफल गराउन पार्टीका क्षेत्रीय सभापतिहरुको संयोजकत्वमा पार्टी र नेविसंघका सम्बन्धित क्षेत्रका पदाधिकारी, केन्द्रीय सदस्यहरु, प्रदेशसभा क्षेत्रीय सभापति, गाउँ÷नगर सभापति, नेविसंघका पालिका र सम्बन्धित इकाई सभापति एवं जिल्लाले खटाएका प्रतिनिधिहरु सम्मिलित निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।

The post कांग्रेस झापाले पार्टी एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register