नेपाली र भारतीय प्रतिनिधिले गरे नेपालमा भूकम्पपछिको पुनर्निर्माणको समीक्षा

काठमाडौं ।  नेपाल र भारतले नेपालमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको समीक्षा गरेका छन् । नेपाल र भारतले सोमबार काठमाडौंमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूसम्बन्धी संयुक्त परियोजना अनुगमन समितिको पाँचौं बैठक आयोजना गर्दै समीक्षा गरेका हुन् । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका अतिरिक्त सचिव (नर्थ) मुनु महावरले गरेका थिए । यस्तै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहरी विकास मन्त्रालयका सहसचिव […]

Jan 28, 2025 - 02:24
 0
नेपाली र भारतीय प्रतिनिधिले गरे नेपालमा भूकम्पपछिको पुनर्निर्माणको समीक्षा

काठमाडौं ।  नेपाल र भारतले नेपालमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको समीक्षा गरेका छन् ।

नेपाल र भारतले सोमबार काठमाडौंमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूसम्बन्धी संयुक्त परियोजना अनुगमन समितिको पाँचौं बैठक आयोजना गर्दै समीक्षा गरेका हुन् ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका अतिरिक्त सचिव (नर्थ) मुनु महावरले गरेका थिए । यस्तै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीले गरेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

बैठकमा भारत र नेपाल सरकारका अन्य प्रतिनिधि, परामर्शदाता र परियोजनाको कार्यान्वयनमा संलग्न अन्य सरोकारवालाहरूको पनि उपस्थिति थियो ।

‘बैठकले नेपालमा आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारको सहयोगमा अघि बढाइएका भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको विस्तृत समीक्षा गर्यो,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैठकले सन् २०२१ मा आवास क्षेत्र र सन् २०२४ मा शिक्षा क्षेत्रअन्तर्गत सहमति भएका परियोजनाहरू सफलतापूर्वक सम्पन्न भएकोमा प्रशंसा गर्यो ।’

बैठकमा स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भएको प्रगतिमाथि दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए । यी क्षेत्रअन्तर्गतका परियोजनाहरू छिटोभन्दा छिटो सम्पन्न गर्ने कुरामा सहमतसमेत भएका थिए ।

सन् २०२३ अक्टोबरमा सम्पन्न पछिल्लो जेपीएमसी बैठकयता भारत सरकारले शिक्षाको क्षेत्रमा काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयसहित २६ वटाभन्दा बढी परियोजना, स्वास्थ्य क्षेत्रमा ३२ वटा परियोजना र सांस्कृतिक सम्पदा क्षेत्रमा ३ वटा परियोजना हस्तान्तरण गरिसकेको छ । यी परियोजनाको लागत ३३५.०८ करोड रुपैयाँ रहेको छ । यसका साथै, यो अवधिमा १७३.४९ करोड रुपैयाँ बराबर स्वास्थ्य क्षेत्रमा ४३ वटा परियोजना र सांस्कृतिक सम्पदा क्षेत्रमा ९ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

बैठकमा दुवै पक्षले पुनर्निर्माण परियोजनाले ल्याएको सकारात्मक सामाजिक–आर्थिक प्रभाव खास गरी रोजगारी सिर्जना र दुर्गम क्षेत्रमा स्वास्थ्य र शिक्षा सुविधामा भएको विस्तारको सराहना गरेका थिए ।

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (नर्थ) महावरले ललितपुर महानगरपालिका वडा नम्बर ८ को गुइटोलस्थित सांस्कृतिक सम्पदास्थल गुस्तल महाविहार पुनर्निर्माण परियोजनाको पनि भ्रमण गरेका थिए । भ्रमणको क्रममा उनले परियोजनाको प्रगतिको समीक्षा गरे । साथै उपभोक्ता समुदायका सदस्यहरूसँग कुराकानीसमेत गरे ।

दुवै पक्ष जेपीएमसीको अर्को बैठक उपयुक्त मितिमा आयोजना गर्न सहमत भएको विज्ञप्तिमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register