ताप्लेजुङमा के बनाउने भन्ने निर्णय गर्न हामी सक्षम छौँ : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको विकासबारे निर्णय गर्न आफूहरु सक्षम रहेको बताएका छन् । बुधबार पाथीभरामा बन्ने केबलकार निर्माण विवादबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, “देश विदेशमा रहेका नेपालीले पाथीभराको बारेमा चिन्ता राखेको देख्दा खुशी लागेको छ । तर, ताप्लेजुङमा के गर्ने ? के बनाउने ? […]

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको विकासबारे निर्णय गर्न आफूहरु सक्षम रहेको बताएका छन् ।
बुधबार पाथीभरामा बन्ने केबलकार निर्माण विवादबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, “देश विदेशमा रहेका नेपालीले पाथीभराको बारेमा चिन्ता राखेको देख्दा खुशी लागेको छ । तर, ताप्लेजुङमा के गर्ने ? के बनाउने ? केबलकार बनाउने की ? हाइड्रोपावर बनाउने की भन्ने निर्णय गर्न हामी नै सक्षम छौँ ।”
उनले निर्माणको क्रममा झडप हुन गलत भएको बताए ।
साथै, उनले पाथीभरामा २५ हजार रुख काट्ने भन्दै भ्रम फैलाइएको बताए । त्यहाँ २ हजार ११२ रुख मात्र काटिने वन मन्त्रालयले जानकारी दिएको उनले बताए ।
What's Your Reaction?






