नेपालमा कोभिड–१९ सङ्क्रमण र मृत्युको ५ वर्षे यात्रा: पहिलो मृत्युदेखि हालसम्म

काठमाडौं। नेपालमा कोभिड–१९ सङ्क्रमणको सुरुवातदेखि अहिलेसम्म करिब पाँच वर्षको अवधिमा १२ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । पछिल्लो पटक २५ महिनापछि कोभिड संक्रमणबाट यहीँ  मंगलबार बिराटनगरको नोबेल अस्पतालमा एक ३९ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएपछि पुनः सतर्कता आवश्यक भएको विज्ञहरू बताउँछन् ।  विश्व व्यापी रुपमा महामारीको रुपमा सन् २०१९मा देखा परेको कोभिड–१९ को […]

Jun 25, 2025 - 16:54
 0
 नेपालमा कोभिड–१९ सङ्क्रमण र मृत्युको ५ वर्षे यात्रा: पहिलो मृत्युदेखि हालसम्म

काठमाडौं।

नेपालमा कोभिड–१९ सङ्क्रमणको सुरुवातदेखि अहिलेसम्म करिब पाँच वर्षको अवधिमा १२ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । पछिल्लो पटक २५ महिनापछि कोभिड संक्रमणबाट यहीँ  मंगलबार बिराटनगरको नोबेल अस्पतालमा एक ३९ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएपछि पुनः सतर्कता आवश्यक भएको विज्ञहरू बताउँछन् ।

 विश्व व्यापी रुपमा महामारीको रुपमा सन् २०१९मा देखा परेको कोभिड–१९ को नेपालमा पहिलो सङ्क्रमित व्यक्ति २०७६ माघ ९ गते फेला परेका थिए । उनी चीनको वुहानबाट नेपाल फर्किएका ३२ वर्षीय नेपाली विद्यार्थी थिए । त्यसपछिका महिनाहरूमा सङ्क्रमण विस्तार हुँदै गयो ।

त्यतिबेला प्रारम्भिक चरणमा विदेशबाट नेपाल भित्रने यात्रुहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँच थालिएको थियो । २०७६ चैत ११ गतेदेखि सरकारले पूर्ण लकडाउनको घोषणा गर्दै सबै सार्वजनिक गतिविधिहरू रोक्यो । यसले जनजीवन ठप्प बनायो — विद्यालय, बजार, कार्यालय, यातायात पूर्ण रूपमा बन्द भए ।

नेपालमा कोभिड १९ बाट पहिलो पटक सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको २०७७ साल जेठ १४ गते मृत्यु पुष्टि भयो । उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भएपछि डिस्चार्ज भइ घर फर्केकी थिइन् । केही दिनपछि जटिल बिरामी भै उनलाई बाह्रविसेका विभिन्न अस्पताल हुँदै धुलिखेल अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा धुलिखेल अस्पतालमा मृत्यु भयो । परीक्षणमा कोभिड पुष्टि भएपछि यो नेपालकै पहिलो कोभिड मृत्यु पुष्टि गरियो ।
उनको शव नेपाली सेनाको टोलीले विशेष सुरक्षा मापदण्ड अपनाएर पशुपति स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको थियो । नवजात शिशु भने सुरक्षित थिए ।

यस पछिको दोस्रो लहर २०७८ सालको वैशाखदेखि नेपालमा दोस्रो लहर सुरु भयो । भारतबाट आएको डेल्टा भेरियन्टले सङ्क्रमण र मृत्युको दर अत्यन्तै बढायो । अस्पतालहरूमा अक्सिजन, बेड र स्वास्थ्यकर्मीको चरम अभाव भयो । हजारौं मानिसले उपचार नपाएर ज्यान गुमाए ।

सुरक्षात्मक सामग्री, अक्सिजन सिलिन्डर र औषधीका लागि भारत, चीन, अमेरिका लगायत देशबाट सहायता ल्यायो ।

खोप अभियान

नेपाल सरकारले फ्रन्टलाइन स्वास्थ्यकर्मीहरू र संचारकर्मीहरुबाट खोप अभियान सुरु ग¥यो । भारतबाट कोभिशिल्ड, चीनबाट सिनोफार्म, अमेरिका÷विश्व स्वास्वास्थ्य संगठनबाट फाइजर र मोडेर्ना खोप प्राप्त भयो । पछि सबै उमेर समूहका आम नागरिकहरूलाई खोप दिइयो ।

२०७८ भदौदेखि सङ्क्रमण दर घट्न थाल्यो र जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्कियो ।

तेस्रो लहरमा ओमिक्रोन भेरियन्ट २०७८ को अन्त्यतिर र २०७९ को सुरुवातमा देखा पर्यो । यसको सङ्क्रमण दर उच्च भए पनि लक्षण सामान्य देखिएको थियो । यस लहरमा अस्पतालहरूको चाप कम देखियो, मुख्यतः खोप प्रभाव र पूर्वसंक्रमणले प्रतिरोधात्मक क्षमता बनायो । 

यो अवधिमा नेपालमा कोभिडबाट थुप्रै विशिष्ट व्यक्तिहरूको निधन भयो । मृत्यु हुनेमा मोहनराज मल्ल – सुदूरपश्चिम प्रदेशका पूर्वगभर्नर, उज्वल थापा – विवेकशील साझा पार्टीका संस्थापक, दिनेशचन्द्र यादव – संविधानसभा सदस्य, इन्जिनियर अली अख्तर मिकरानी – प्रधानमन्त्री सल्लाहकार लगायत रहेका थिए। 

२०८२ साल असार १० गते विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ३९ वर्षीया महिलाको कोभिडका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । उनलाई उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएपछि परीक्षणमा कोभिड पुष्टि भएको थियो ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, हाल देखिएको कोभिड सङ्क्रमण ओमिक्रोन भेरियन्टको नयाँ संस्करण हो । “कोभिड अहिले पनि जोखिममुक्त छैन । विशेषतः बृद्ध, दीर्घरोगी वा कमजोर प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूमा अझै पनि जोखिम रहन्छ,” डा. पुनले भने । 

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड १९ कारण नेपालमा कुल १२ हजार ३१ जनाको मृत्यु भएको थियो । १० लाख नेपालीमा कोभिड पुष्टि भएको थियो । मृत्यु हुनेमा झण्डै ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेका थिए । तर सङ्क्रमित संख्या महिला पुरुषको दाँजोमा कम थिए र मृत्यु धेरै भएको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख गरिएकोछ ।  

तेस्रो लहरको कोभिड संक्रमणका बेला सरकारले उपकरण, औषधि, अक्सिजन समयमा उपलब्ध गराउँन नसकेका कारण पनि धेरैको ज्यान गयो । यतिमात्र नभै औषधि खरिदमा भएको नेताहरुको मनोमानी मृत्युको अर्को कारण भएको टीका टिप्पणी रहेको थियो । यसले सरकारका जिम्मेवार निकायमा रहेका उच्च पदस्त व्यक्तिहरु समेत अख्तियारको नजरमा परेका थिए । 

नेपालमा कोभिड–१९ को सङ्क्रमणको सुरुवातदेखि हालसम्म, सरकारले धेरै अनुभवहरू हासिल गरेको छ — स्वास्थ्य संरचना सुधार, आकस्मिक प्रतिक्रिया क्षमता र जनचेतनामा प्रगति भएको छ । यद्यपि, नयाँ भेरियन्ट देखा पर्न सक्ने सम्भावना र जोखिम अझै बाँकी छन् ।
स्वास्थ्य विज्ञहरू भन्छन् — “कोभिड गइसकेको छैन, केवल व्यवस्थापन योग्य बनेको हो । सतर्कता कहिल्यै बिर्सनु हुँदैन ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register