बालमैत्री स्थानीय शासन घोषणाका लागि मन्थलीमा लगानी सम्मेलन सम्पन्न

रामेछाप ।  मन्थली नगरपालिकाले बालमैत्री स्थानीय शासन युक्त नगर घोषणाका लागि लगानी सम्मेलन गरेको छ । नगरपालिकाले बुधवार नगरको सभा हलमा लगानी सम्मेलन गरेको हो । गत ज्येष्ठ १४ गते मन्थली नगरका सबै वडालाई बाल मैत्री वडा घोषण गरे पश्चात् नगरपालिका मन्थली नगरलाई बालमैत्री स्थानीय शासन युक्त नगर घोषणाको तयारीमा रहेको छ । “बालबालिकामा लगानी, […]

Jun 25, 2025 - 15:48
 0
बालमैत्री स्थानीय शासन घोषणाका लागि मन्थलीमा लगानी सम्मेलन सम्पन्न

रामेछाप । 

मन्थली नगरपालिकाले बालमैत्री स्थानीय शासन युक्त नगर घोषणाका लागि लगानी सम्मेलन गरेको छ । नगरपालिकाले बुधवार नगरको सभा हलमा लगानी सम्मेलन गरेको हो । गत ज्येष्ठ १४ गते मन्थली नगरका सबै वडालाई बाल मैत्री वडा घोषण गरे पश्चात् नगरपालिका मन्थली नगरलाई बालमैत्री स्थानीय शासन युक्त नगर घोषणाको तयारीमा रहेको छ ।

“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मन्थली नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाका तयारीमा जुटेको मन्थली नगरपालिकाले जनाएको छ । यसका लागि नगरपालिकाले पुरा गर्नु पर्ने ५१ वटा नै सूचक समेत पुरा गरेको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले जानकारी दिए । यसका लागि प्रदेश सरकारबाट अनुगमन र रिपोर्ट पाए पश्चत नगरलाई बालमैत्री स्थानीय शासन घोषणा गरिने लगानी सम्मेलनमा जानकारी गराए । यसको दिगोपनाको लागि समेत नगरपालिका सचेत रहेको बताए। 

 लगानी सम्मेलनमा सहभागीलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले बालमैत्री स्थानीय शासन घोषणा प्रति स्थानीय सरोकारवाला र नागरकीले देखाएको चासोप्रति आभार प्रकट गरे । कार्यक्रममा सूचना अधिकारी तथा उप सचिव हेमन्त बुढाथोकीले बालमैत्री स्थानीय शासन निर्देशिका अनुसार नगरपालिकाले काम गर्दै आएको र बालबालिकालाई प्राथमिकतामा राखेर नीति, योजना र कानुन निर्माण भएको बताए ।

कार्यक्रममा सहभागी आफ्नो व्यक्तिगत र संस्थागतरुपमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कति रकमको लगानी प्रतिबद्धता आयो भन्ने बारेमा हिसाब गर्न केही समय लाग्ने भए पनि कार्यक्रम सम्पन्न गर्न करिब ६० लाखको हाराहारीमा लाग्ने मन्थली नगरपालिकाले जनाएको छ ।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार, नागरिक समाज, व्यवसायी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । बालमैत्री स्थानीय शासन युक्त नगर घोषणमा ५ हजार  भन्दा बढी सहभागीहरूको गराउने गरी कार्यक्रम तयार भएको मन्थली नगरपालिकाका सूचना अधिकारी तथा उप सचिव हेमन्त कुमार बुढाथोकीले बताए । कार्यक्रममा विभिन्न जातजातिका झाँकी,  र कार्यक्रममा विभिन्न तहबाट सहयोग गर्नेलाई मायाको चिनो वितरण गरिने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register