एपीएफले महिला लिगको उपाधि जित्दाको क्षण (तस्वीरहरू)
काठमाडौं । एन्फा महिला लिगको उपाधि एपीएफले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा साविक विजेताले नेपाल पुलिस क्लबलाई ४-० गोलअन्तरले पराजित गरेको हो । एपीएफका लागि साविता राना मगरले २ तथा अनु लामा र सरु लिम्बुले १–१ गोल गरिन् । खेलको ६३औं मिनेटमा सविता राना मगरले एपीएफको लागि पहिलो गोल गरिन् […]

काठमाडौं । एन्फा महिला लिगको उपाधि एपीएफले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा साविक विजेताले नेपाल पुलिस क्लबलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
एपीएफका लागि साविता राना मगरले २ तथा अनु लामा र सरु लिम्बुले १–१ गोल गरिन् ।
खेलको ६३औं मिनेटमा सविता राना मगरले एपीएफको लागि पहिलो गोल गरिन् । ६८औं मिनेटमा सरु लिम्बुले गोल गरिन् ।
८३औं मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल गरिन् । इन्जुरी समयमा अनुले एपीएफका लागि चौथो गोल गरिन् ।
यससँगै एपीएफले १० लाख रुपैयाँ र पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
खेलको प्लेयर अफ द म्याच सशस्त्र की रेनुका नगरकोटेलाई प्रदान गरिएको छ ।
एपीएफले पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई २-१ ले र पुलिस दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई नै पेनाल्टी सुटआउटमा २-१ ले हराउँदै फाइनलमा पुगेको थियो ।
महिला लिगमा सुरुमा १० टोलीले प्रतिस्पर्धा गरेको भएता पनि सिङ्गल राउण्डपछि शीर्ष पाँच टोली सुपर लिगमा प्रवेश गरेको थियो ।
तस्वीरहरू –
What's Your Reaction?






