आर्मीविरूद्ध पुलिसले बनायो १०३ रन, साहबको फाइफर
काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको पहिलो दिनको खेल सकिँदा नेपाल पुलिस क्लबले १०३ रन बनाएको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार सुरु भएको खेलको तेस्रो सेसन सकिँदा पुलिसले २४ ओभरमा ७ विकेटको क्षतिमा १०३ रन बनाएको हो । पुलिसका लागि गुल्शन झा ३४ र प्रेम तामाङ १ रनमा अविजित छन् । यसअघि […]

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको पहिलो दिनको खेल सकिँदा नेपाल पुलिस क्लबले १०३ रन बनाएको छ ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार सुरु भएको खेलको तेस्रो सेसन सकिँदा पुलिसले २४ ओभरमा ७ विकेटको क्षतिमा १०३ रन बनाएको हो ।
पुलिसका लागि गुल्शन झा ३४ र प्रेम तामाङ १ रनमा अविजित छन् । यसअघि अमित श्रेष्ठले १८, राशिद खानले १६, शङ्कर राणाले १३ र दिलिप नाथले १० रन बनाए ।
अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।
त्रिभुवन आर्मी क्लबका लागि साहब आलमले फाइफर पूरा गरेका छन् । उनले ११ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए । सो क्रममा उनले १ मेडन ओभर पनि बलिङ गरेका छन् ।
यस्तै, सोमपाल कामी र पवन कार्कीले १–१ विकेट लिए ।
यसअघि पहिलो इनिङ्समा आर्मी ३४.४ ओभरमा १२१ रनमा अलआउट भएको थियो ।
आर्मीका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, र कप्तान विनोद भण्डारीले २१ रन बनाए । बसिर अहमदले १२ र साहब आलमले ११ रन बनाए ।
पुलिसका लागि ललित राजवंशीले ७ विकेट लिए । उनले १४.४ ओभरमा ४७ रन खर्चेर ७ विकेट लिए । सो क्रममा उनले ४ मेडन ओभर लिएका थिए ।
कुशल भूर्तेल, सर्वन यादव र राशिद खानले १–१ विकेट लिए ।
What's Your Reaction?






