उदयपुरमा ’राइड टु कोशी–२०८१’ कार्यक्रम हुँदै
उदयपुर । उदयपुर जिल्ला साइक्लिङ संघ र नेपाली सेनाको संयुक्त आयोजनामा आगामी फाल्गुन १६ र १७ गते ’राइड टु कोशी–२०८१’ कार्यक्रम हुने भएको छ । साईकलको माध्यमबाट उदयपुर जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्नुका साथै वातावरण प्रदुर्षण रोकथाम गर्ने उद्देश्यले साईड टु कोशी आयोजना गरिएको हो । साईकल यात्रा त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भएर बेलटार, […]


उदयपुर ।
उदयपुर जिल्ला साइक्लिङ संघ र नेपाली सेनाको संयुक्त आयोजनामा आगामी फाल्गुन १६ र १७ गते ’राइड टु कोशी–२०८१’ कार्यक्रम हुने भएको छ ।
साईकलको माध्यमबाट उदयपुर जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्नुका साथै वातावरण प्रदुर्षण रोकथाम गर्ने उद्देश्यले साईड टु कोशी आयोजना गरिएको हो । साईकल यात्रा त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भएर बेलटार, रामपुर हुँदै चतरा, उदयपुर तर्फको कोशीटप्पु सम्मको यात्रा पूरा गरेर पुनः अर्को दिन सो यात्रा गाईघाट समापन गरिने कार्यक्रम रहेको जिल्ला साईकिलिङ संघका अध्यक्ष माधव बानियाले जानकारी दिनु भयो ।
यात्रामा देश भरका ३०० देखि ५०० सम्म साईकल राईडरहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रम स्वास्थ्य, फिटनेस, एकता र वातावरणीय सचेतनालाई प्रवद्र्धन गर्ने, बढ्दो शहरीकरणले वातावरणमा पारेको नकारात्मक प्रभावबारे जनचेतना जगाउन यो कार्यक्रम महत्वपूर्ण रहने छ ।
२०८२ लाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा यस कार्यक्रमले उदयपुर जिल्लाको पर्यटन विकासमा समेत योगदान पु¥याउने विश्वास लिइएको छ।
What's Your Reaction?






