प्रचण्ड लक्षित ओलीको व्यंग्य : सत्ताका नाममा प्वाल पार्ने काममा बन्ध्याकरण भयो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता परिवर्तनको खेल बन्द भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै सत्तामा प्वाल पार्ने काममा बन्ध्याकरण भए बताए । “सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रुप […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता परिवर्तनको खेल बन्द भएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै सत्तामा प्वाल पार्ने काममा बन्ध्याकरण भए बताए ।
“सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ,” प्रधानमन्त्री ओलीले भने, “पटक–पटक विश्वासको मत लिने तमाशाबाट मुक्त भएका छौँ ।”
विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहिष्कारका बाबजुत संसदको बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन जारी छ ।
What's Your Reaction?






