गाडीले च्यापेर एकजनाको मृत्यु

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको ताकम–मच्छिम–मुना सडकअन्तर्गत उत्तिसिनेमा बिहीबार दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जिपको पछाडीको भागले च्यापिएर धवलागिरि–३ मुनाका अन्दाजी २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]

Apr 10, 2025 - 14:09
 0
गाडीले च्यापेर एकजनाको मृत्यु

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको ताकम–मच्छिम–मुना सडकअन्तर्गत उत्तिसिनेमा बिहीबार दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ ।

सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जिपको पछाडीको भागले च्यापिएर धवलागिरि–३ मुनाका अन्दाजी २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेको जनाउँदै जिल्ला प्रहरी कार्यालयबाट पनि थप टोली अनुसन्धानका लागि त्यसतर्फ जाँदै गरेको बताए । उनका अनुसार सडक छेउमा रोकेर राखेको गाडी मर्मत गर्ने क्रममा लच्किएर शेरपुञ्जाको शरिरको कम्मरमा च्यापेको छ । शेरपुञ्जाले गाडी मर्मत सम्बन्धी काम गर्थे । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register