आशिका तामाङलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । भक्तपुर जिल्ला अदालतले आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश सन्तोषप्रसाद पराजुलीको एकल इजलासले सो आदेश दिएको हो । पराजुलीको इजलासमा तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी मुद्दामा आजै थुनछेक बयान र बहस भएको थियो । उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो । तामाङले ४ असोज […]

Jan 31, 2025 - 10:25
 0
आशिका तामाङलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । भक्तपुर जिल्ला अदालतले आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश सन्तोषप्रसाद पराजुलीको एकल इजलासले सो आदेश दिएको हो ।

पराजुलीको इजलासमा तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी मुद्दामा आजै थुनछेक बयान र बहस भएको थियो । उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।

तामाङले ४ असोज २०८१ मा सूर्यविनायक नगरपालिका–९ बाट वडा नं-१० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् । त्यसको तीन दिनपछि उनले साँगाको झोलुङ्गे पुल तरेवापत लिइने शूल्कको रसिदसमेत जलाइदिएकी थिइन् ।

सोही विषयमा आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register