‘प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित गरौँ, राजालाई अभिभावकीय संस्था बनाऔँ, प्रदेश खारेज गरौँ’- राजेन्द्र लिङदेन 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकलाई निकास दिन प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङदेनले प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने बताएका छन् ।  त्यस्तै, उनले राजालाई अभिभावकीय संस्था बनाउन र प्रदेश संरचना खारेज गर्नुपर्नेमा पनि जोड दिएका छन् ।  ‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाऔँ, अभिभावकीय संस्थाको […]

Jan 31, 2025 - 10:22
 0
‘प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित गरौँ, राजालाई अभिभावकीय संस्था बनाऔँ, प्रदेश खारेज गरौँ’- राजेन्द्र लिङदेन 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकलाई निकास दिन प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङदेनले प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने बताएका छन् । 

त्यस्तै, उनले राजालाई अभिभावकीय संस्था बनाउन र प्रदेश संरचना खारेज गर्नुपर्नेमा पनि जोड दिएका छन् । 

‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाऔँ, अभिभावकीय संस्थाको रुपमा राजालाई राखौँ, पूर्ण समानुपातिक संसद बनाऔँ, प्रदेश खारेज गरौँ र स्थानीय तहलाई दलविहीन बनाऔँ ।’, उनले भने, ‘त्यसपछि बल्ल देशको एउटा बाटो पाउँछ ।’ 

त्यस्तै, लिङदेनले भ्रष्टाचार जसले, जहिले गरेको भए पनि दण्डित हुने व्यवस्था सुचिश्चित गर्नुपर्ने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register