दिल्लीमा केजरीवालसँग भरोसा सकिएको भन्दै आपका ७ विधायकले दिए राजीनामा

काठमाडौं । भारतको दिल्लीमा सत्ता चलाइरहेको आम आदमी पार्टीका सात विधायकले विधानसभा चुनावको सङ्घारमा पार्टी परित्याग गरेका छन् । दिल्लीमा यही जनवरी ५ तारिखमा विधानसभा चुनावको मतदान हुँदैछ । मतगणना ८ तारिखमा आउने छ । चुनावको ठिक पाँच दिन पहिले सात विधायकले पार्टीबाट राजीनामा दिएपछि आम आदमी पार्टीको भविष्यलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको छ […]

Feb 1, 2025 - 02:01
 0
दिल्लीमा केजरीवालसँग भरोसा सकिएको भन्दै आपका ७ विधायकले दिए राजीनामा

काठमाडौं । भारतको दिल्लीमा सत्ता चलाइरहेको आम आदमी पार्टीका सात विधायकले विधानसभा चुनावको सङ्घारमा पार्टी परित्याग गरेका छन् ।

दिल्लीमा यही जनवरी ५ तारिखमा विधानसभा चुनावको मतदान हुँदैछ । मतगणना ८ तारिखमा आउने छ ।

चुनावको ठिक पाँच दिन पहिले सात विधायकले पार्टीबाट राजीनामा दिएपछि आम आदमी पार्टीको भविष्यलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको छ ।

राजीनामा दिएका विधायकमा नरेश यादव, रोहित कुमार, राजेश ऋषि, मदन लाल, पवन शर्मा, भूपेन्दर सिंह र भावना गौड छन् ।

राजीनामा दिएका विधायकले आफूहरूको पार्टी मुखिया अरविन्द केजरीवालसँग भरोसा सकिएको बताएका छन् ।

यद्यपि, राजीनामा दिएका सबै विधायकको टिकट आम आदमी पार्टीले यसपटक काटेको थियो ।

दिल्लीमा विगत लामो समयदेखि केजरीवालले ठूलो बहुमतसहित नेतृत्व गरिरहेका छन् । तर, यसपटक भने उनलाई चुनौती रहेको राजनीतिक विश्लेषकको दाबी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register