मामाघर आएकी बालिकाको हत्या, शव गाडेको अवस्थामा भेटियो

मोरङ, १९ माघ । विराटनगर–५ मा मामाघर आएकी एक जना बालिकाको हत्या गरी शव करेसाबारीमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भारतको बिहारबाट विराटनगर मामाघर आएकी १४ वर्षीया चाँदनी यादवको शव हत्यापछि खाल्डो खनेर गाडिएको अवस्थामा शुक्रबार दिउँसो फेला परेको प्रहरीले बताएको हो । मोरङ प्रहरीका अनुसार हत्यापछि शव गाडेको आरोपमा अनुसन्धानका लागि [...] The post मामाघर आएकी बालिकाको हत्या, शव गाडेको अवस्थामा भेटियो appeared first on Jhapa Online.

Feb 1, 2025 - 01:56
 0
मामाघर आएकी बालिकाको हत्या, शव गाडेको अवस्थामा भेटियो

मोरङ, १९ माघ । विराटनगर–५ मा मामाघर आएकी एक जना बालिकाको हत्या गरी शव करेसाबारीमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भारतको बिहारबाट विराटनगर मामाघर आएकी १४ वर्षीया चाँदनी यादवको शव हत्यापछि खाल्डो खनेर गाडिएको अवस्थामा शुक्रबार दिउँसो फेला परेको प्रहरीले बताएको हो ।

मोरङ प्रहरीका अनुसार हत्यापछि शव गाडेको आरोपमा अनुसन्धानका लागि मावलीतर्फका हजुरबुवा ५७ वर्षीय सर्जुग मण्डललाई पक्राउ गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विराटनगर–५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुवा सर्जुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए । उनका अनुसार एक हप्ताअघि हत्या गरेर शव गाडेजस्तो देखिन्छ । शव गाडेको स्थानलाई तोरीको जट्टाले छोपिएको अवस्थामा फेला परेको थियो ।

The post मामाघर आएकी बालिकाको हत्या, शव गाडेको अवस्थामा भेटियो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register