एलिना भन्छिन् – सहमतिमै सम्बन्धविच्छेद गर्न लागेका हौँ, विष्णुलाई गाली नगर्नुस्

काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग सहमतिमै सम्बन्धविच्छेद गर्न लागेको बताएकी छन् । चौहानले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । सोही विषयमा बोल्दै उनले हतारमा विवाहको निर्णय लिएको बताएकी छन् । तर, सहमतिमै सम्बन्धविच्छेद गर्न लागेकोले विष्णुलाई गाली नगर्न आग्रहसमेत गरेकी छन् । उनले टिकटकमा भिडिओ सेयर गर्दै भनिन्, “आफूले […]

Feb 1, 2025 - 07:46
 0
एलिना भन्छिन् – सहमतिमै सम्बन्धविच्छेद गर्न लागेका हौँ, विष्णुलाई गाली नगर्नुस्

काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग सहमतिमै सम्बन्धविच्छेद गर्न लागेको बताएकी छन् ।

चौहानले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

सोही विषयमा बोल्दै उनले हतारमा विवाहको निर्णय लिएको बताएकी छन् । तर, सहमतिमै सम्बन्धविच्छेद गर्न लागेकोले विष्णुलाई गाली नगर्न आग्रहसमेत गरेकी छन् ।

उनले टिकटकमा भिडिओ सेयर गर्दै भनिन्, “आफूले माया गरेका मान्छेलाई अरुले गाली गर्दा आफूलाई नै गाली खाएभन्दा बढी पिडा हुँदो रहेछ । अहिले मलाई साथ दिन्छु भन्ने सोचिरहनुभएको छ भने साथ दिनुस् । तर, उहाँलाई नराम्रो नभन्नुहोला । बरु मलाई गाली गर्नुस् । जिन्दगीमा कस्तो कस्तो भोगियो । म त खरानी भइसकेको मान्छे, आगोसँग डर लाग्दैन । मेरो जिन्दगी बिगार्ने जिम्मेवार म आफैँ हो । हामीले जानी–जानी बिहे गरेको हौं । उहाँले म कलाकार हो भन्ने थाहा भएरै, मेरो आनीबानी जानेरै विहे गर्नुभएको हो । पछि योभन्दा पनि नराम्रो सिचुयसन नआओस भनेर राम्ररी कुरा गरेर नै छुटेको हो ।”

अनुभवबाट सिकेर नयाँ सुरुवात गर्न चाहेको उनले बताएकी छन् ।

एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा (निवेदनसहित)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register