प्रहरीको निष्कर्ष : यौन प्रस्ताव अस्वीकार गर्दा प्रेमीबाट किशोरीको हत्या

काठमाडौं । गत शनिबार अछामको ढकारी गाउँपालिका–८ घोडासैनका दुई किशोरीको हत्या भएको घटनामा उनैका प्रेमीहरुको संलग्नता रहेको खुलेको छ । शनिबार अछाम प्रहरीले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का प्रेम सम्बन्धमा रहेको र शारीरिक सम्बन्धको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको अछामका प्रहरी प्रमुख […]

Feb 1, 2025 - 07:34
 0
प्रहरीको निष्कर्ष : यौन प्रस्ताव अस्वीकार गर्दा प्रेमीबाट किशोरीको हत्या

काठमाडौं । गत शनिबार अछामको ढकारी गाउँपालिका–८ घोडासैनका दुई किशोरीको हत्या भएको घटनामा उनैका प्रेमीहरुको संलग्नता रहेको खुलेको छ ।

शनिबार अछाम प्रहरीले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।

१४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का प्रेम सम्बन्धमा रहेको र शारीरिक सम्बन्धको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

एक जना नाम परिवर्तित (६९ मंगलसेन ७६) इशराको प्रेमी रहेको र अर्का परिवर्तित नाम (६९ मंगलसेन ७३) सरस्वतीको प्रेमी रहेको पाइएको छ ।

दुवै किशोर हत्याको दुई दिनअघि मङ्गलसेनबाट डुफा आएका थिए । प्रहरीकाअनुसार उनीहरूले पटकपटक फोन गरेर भेट्न बोलाएको देखिन्छ ।

माघ ११ गते भेट्ने योजना बनाई बिहान १० बजे खोलामा गई केटीहरूलाई ढुकेर बसेका थिए । मृतक दुवै केटीहरू १२ बजे रिमरौहा खोला नजिकैको खोरबाट बाख्रा ल्याई नजिकैको वनमा चराउन आएका थिए ।

त्यसपछि ती दुवै किशोरसँग उनीहरूको भेट भएको पाइएको प्रहरीले बताएको छ । सरस्वतीले मोबाइलबाट नाम परिवर्तित ६९ मंगलसेन ७६ को सेयर इटबाट भिडिओ सेयर गरेका थिए । त्यसपछि सोही जङ्गलमा रहेको छिन्ने ओडार भन्ने स्थानमा रहेको ठूलो ढुंगामा ती दुई मृतक सरस्वती र इशरासँग बसेका थिए ।

ती दुवै किशोरले सरस्वती र इशरासँग माया चिनो भनेर दोपट्टा मागेका थिए ।

डीएसपी भण्डारीले भने, ” इशराको सेतो दोपट्टा खोसेर परिवर्तित नाम ६९ मंगलसेन ७३ ले लिए । तर, सरस्वतीले भने दोपट्टा ६९ मंगलसेन ७६ लाई दिन मानिनन् । त्यसपछि उनले सरस्वतीको इयरफोन खोसे । इयरफोन आफ्नो दाइको भन्दै इशराले ६९ मंगलसेन ७६ सँग फिर्ता मागेकी थिइन् ।”

ढुङ्गामा बसेका उनीहरूबीच दोपट्टा खोसाखोस भएपछि विवाद सुरु भएको देखिन्छ ।

विवादपछि इशरा बाख्रा हेर्ने भन्दै जङ्गलतर्फ लागिन् । सरस्वती ढुङ्गाको तलतिर उभिएकी थिइन् ।

“सोही समयमा ६९ मंगलसेन ७६ ले सरस्वतीलाई यौन सम्पर्क गर्न दिन प्रस्ताव राखेको देखिन्छ । तर, सरस्वती उनको प्रस्तावलाई अस्वीकार गर्दै खोलातर्फ लागिन् । सोहीक्रममा किशोरले ढुंगाले सरस्वतीको टाउको पछाडि प्रहार गरे । सरस्वती ढुंगाको प्रहारबाट बेहोस् भइन् र भुइँमा ढलिन् । उनको त्यही मृत्यु भएको देखिन्छ । ” भण्डारीले घटनाबारे भने ।

त्यसपछि इशराले घटनाबारे थाहा नपाओस् भनेर उनको पनि हत्या गरेको पाइएको छ ।

डीएसपी भण्डारीले भने, “इशरा साथी ढलेका स्थानमा पुग्दा बेहोस् देखिन् । ती केटाहरूले यो घटनाबारे कसैलाई नभन्नु भनेर भने । इशरा घटनापछि घर जान खोज्दा केटाहरूले छेके र धकेले । ६९ मंगलसेन ७३ ले ढुंगा समातेर इशराको निधारमा प्रहार गरे । ढलेको अवस्थामा अर्का केटाले पनि इशराका निधारमा हानेर हत्या गरे ।”

पक्राउ परेका दुई किशोरले हत्या गरेको स्वीकारेको र अन्यको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

घटनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय अछामको टोलीले अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register