भारतले सन् २०४७ सम्ममा १०० गिगावाट आणविक ऊर्जा विकास गर्ने

नयाँदिल्ली । भारत सरकारले सन् २०४७ सम्म कम्तिमा १०० गिगावाट आणविक ऊर्जाको विकास गर्ने जनाएको छ । उक्त घोषणा अर्थमन्त्री निर्मला सीतारमणले सन् २०२५–२०२६ को लागि देशको वार्षिक बजेट प्रस्तुत गर्दा गरे । “साना मोड्युलर रिएक्टर (एसएमआरएस) को अनुसन्धान र विकासको लागि २.३ अर्ब अमेरिकी डलर खर्च गरिनेछ,” सीतारामनले बताए । एसएमआरएस उन्नत आणविक रिएक्टरहरू […]

Feb 2, 2025 - 14:06
 0
भारतले सन् २०४७  सम्ममा १०० गिगावाट आणविक ऊर्जा विकास गर्ने

नयाँदिल्ली । भारत सरकारले सन् २०४७ सम्म कम्तिमा १०० गिगावाट आणविक ऊर्जाको विकास गर्ने जनाएको छ ।

उक्त घोषणा अर्थमन्त्री निर्मला सीतारमणले सन् २०२५–२०२६ को लागि देशको वार्षिक बजेट प्रस्तुत गर्दा गरे ।

“साना मोड्युलर रिएक्टर (एसएमआरएस) को अनुसन्धान र विकासको लागि २.३ अर्ब अमेरिकी डलर खर्च गरिनेछ,” सीतारामनले बताए । एसएमआरएस उन्नत आणविक रिएक्टरहरू हुन्, जसको पावर क्षमता ३०० एमडब्लु प्रति एकाइ हुन्छ । यो परम्परागत आणविक ऊर्जा रिएक्टरहरूको उत्पादन क्षमताको लगभग एक तिहाइ हो । “कम्तीमा पाँच स्वदेशी एसएमआरएस सन् २०३३ सम्म सञ्चालन हुनेछ ।”

मन्त्रीले सन् २०४७ सम्ममा कम्तिमा १०० गिगावाट आणविक उर्जाको विकास भारतको ऊर्जा संक्रमण प्रयासहरूको लागि आवश्यक रहेको प्रकाश पारे ।

“उक्त लक्ष्य प्राप्त गर्न आणविक ऊर्जा ऐन र आणविक क्षतिको लागि नागरिक दायित्व ऐन परिमार्जन गरिनेछ,” उनले थपे ।

गत वर्ष, भारत सरकारले देशमा कूल १५ हजार ३०० मेगावाट क्षमताका २१ आणविक रिएक्टर रहेको बताएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register