प्रतिनिधि सभा बैठक बस्दै, आज सामान्य प्रशासन, पर्यटन र स्वास्थ्य मन्त्रालयको बजेटमाथि छलफल हुने

Jun 18, 2023 - 01:12
 0
प्रतिनिधि सभा बैठक बस्दै, आज सामान्य प्रशासन, पर्यटन र स्वास्थ्य मन्त्रालयको बजेटमाथि छलफल हुने
प्रतिनिधि सभा बैठक बस्दै, आज सामान्य प्रशासन, पर्यटन र स्वास्थ्य मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरुमाथिको जारी छलफल रहनेछ ।

आजकाे बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

बैठकमा सांसद् लिलानाथ श्रेष्ठले 'विनियोजन विधेयक, २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सांसद् याेगेश कुमार भट्टराईले 'विनियोजन विधेयक, २०८० अन्तर्गत  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सांसद् कृष्ण गोपाल श्रेष्ठले 'विनियोजन विधेयक, २०८० अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सांसद् सुमना श्रेष्ठले 'विनियोजन विधेयक, २०८० अन्तर्गत  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

सांसद् प्रेम सुवालले 'विनियोजन विधेयक, २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1