कनकाईको १७ औं नगर सभा : आगामी बैशाख २५ गते कनकाई बालमैत्री घोषणा

चन्द्र बस्नेतकनकाई, २१ माघ । झापाको कनकाई नगरपालिकाको १७ औं नगर सभा अन्तर्गत पहिलो बैठक सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा सोमबार आर्थिक वर्ष २०८१–८२ को १७ औं नगर सभाको पहिलो बैठक सम्पन्न भएको हो। बैठकको सुरुमा नै कार्यक्रमका सभाध्यक्ष तथा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले वडागत रुपमा आर्थिक वर्ष २०८१–८२को कुनै संसोधित योजना रकमान्त्तर भए प्रस्तुत [...] The post कनकाईको १७ औं नगर सभा : आगामी बैशाख २५ गते कनकाई बालमैत्री घोषणा appeared first on Jhapa Online.

Feb 3, 2025 - 15:52
 0
कनकाईको १७ औं नगर सभा : आगामी बैशाख २५ गते कनकाई बालमैत्री घोषणा

चन्द्र बस्नेत
कनकाई, २१ माघ ।
झापाको कनकाई नगरपालिकाको १७ औं नगर सभा अन्तर्गत पहिलो बैठक सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा सोमबार आर्थिक वर्ष २०८१–८२ को १७ औं नगर सभाको पहिलो बैठक सम्पन्न भएको हो।

बैठकको सुरुमा नै कार्यक्रमका सभाध्यक्ष तथा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले वडागत रुपमा आर्थिक वर्ष २०८१–८२को कुनै संसोधित योजना रकमान्त्तर भए प्रस्तुत गर्न समय दिनुभएको थियो तर कुनैपनि वडाबाट त्यस्ता योजना नआएपछि अन्य विषयमा प्रवेश गर्नुभयो ।

१७ औं नगर सभामा बोल्दै नगर प्रमुख पोखरेलले नगर अहिले बालमैत्री नगरपालिका घोषणाको तयारीमा रहेको बताउदै नगरपालिकाको स्थापना दिवसको अवसर पारेर आगामी २०८२ बैशाख २५ गते कनकाई नगरलाई बालमैत्री घोषणा गरिने जानकारी गराउनुभएको थियो ।

त्यस्तै नगर प्रमुख पोखरेलले २२ गते मंगलबार बाट झापाको कनकाई नगरपालिकामा ३ हजार ९९ सहित देश भरिका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाउने भएकाले सबैलाई यस कार्यमा सहजीकरण गरि रोग लाग्न बाट बचाउन आग्रह गर्नुभएको थियोे ।

नगरप्रमुख पोखरेलले कुनैपनि काम सफल पार्न नगरबासीसबैको साथ सहयोग भएमात्रै सम्भव हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले लक्ष्य अनुसारको राजश्व संङ्गलन, संघिय तथा प्रदेश सरकारबाट आउने रकम पनि ४० प्रतिशत सम्म प्राप्त हुन नसकेकोमा प्रयाप्त काम हुन नसकेको स्वीकार गर्नुभएको छ।

नगरसभामा आर्थिक वर्षमा हरेक वडा तथा नगरमा भएका हाल सम्मका प्रगति विवरण समेत प्रस्तुत गरिएको कार्यक्रममा वडा न ६ का अध्यक्ष लक्ष्मीप्रसाद ओली कार्यपालिका सदस्य नवलकिसोर दत्त लगायतले विभिन्न विषयमा जिज्ञासा राख्नुभएको थियो । नगर प्रमुख पोखरेलको अध्यक्षता गर्दै सुरु भएको बैठकमा नगर उप( प्रमुख आशाशर्मा शिवाकोटीले स्वागत गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, वडा न १ का वडा अध्यक्ष शुशिलकुमार पोखरेल, वडा न २ का अध्यक्ष वलराम राई९प्रताप०वडा न ३ का अध्यक्ष युवराज चौलागाईं, वडा न ४ का अध्यक्ष रोषन सुवेदी ,वडा न ५ का अध्यक्ष तथा नगर प्रवक्ता कृष्णबहादुर राई ,वडा न ६ का अध्यक्ष लक्ष्मीप्रसाद ओली ,वडा न ७ का अध्यक्ष भिस्मभुषण सिटौला ,वडा न ८ का अध्यक्ष लीलाबहादुर कटुवाल ,वडा न ९ का अध्यक्ष राजेन्द्रप्रसाद उप्रेती , कार्यपालिका सदस्य , वडा सदस्य , विभिन्न साखा प्रमुख सहित अन्य कर्मचारी नगर प्रमुख पोखरेलका सोकिय सचीव विजय पाठक , नगर प्रहरी लगायतको उपस्तिथ रहेको नगर सभाको सन्चालन प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले गर्नुभएको थियोे ।

The post कनकाईको १७ औं नगर सभा : आगामी बैशाख २५ गते कनकाई बालमैत्री घोषणा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register