‘लस्ट एन्ड फाउन्ड’ : पहिचानको पुनः खोजी (तस्वीरहरू)

काठमाडौं । सहरको कोलाहलबीच एउटा क्याफेमा भेटिन्छन्, भूमि र सागर । यो केवल उनीहरूको भेट मात्र होइन, एकअर्काको जीवनभित्र हराइरहेका कतिपय प्रश्नको उत्तर खोजीसमेत बन्न जान्छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आज (जेठ ३ गते शनिबार)देखि नियमित मञ्चन हुने नाटक ‘लस्ट एन्ड फाउन्ड’को दृश्य हो यो । नाटकको शुक्रबार विशेष मञ्चन गरिएको थियो । २५ वर्षीया […]

May 17, 2025 - 03:14
 0
‘लस्ट एन्ड फाउन्ड’ : पहिचानको पुनः खोजी (तस्वीरहरू)

काठमाडौं । सहरको कोलाहलबीच एउटा क्याफेमा भेटिन्छन्, भूमि र सागर । यो केवल उनीहरूको भेट मात्र होइन, एकअर्काको जीवनभित्र हराइरहेका कतिपय प्रश्नको उत्तर खोजीसमेत बन्न जान्छ ।

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आज (जेठ ३ गते शनिबार)देखि नियमित मञ्चन हुने नाटक ‘लस्ट एन्ड फाउन्ड’को दृश्य हो यो । नाटकको शुक्रबार विशेष मञ्चन गरिएको थियो ।

२५ वर्षीया पर्यटक गाइड भूमि नागरिकताविहीन हुन्छिन् । एकल आमाले हुर्काएकी र बहुप्रवृत्तिवादी मानसिक अवस्थाबाट गुज्रिरहेकी भूमिको कामको शिलशिलामा नेपाली मूलका ४८ वर्षीय एक क्यानेडेली पर्यटक सागरसँग भेट हुन्छ ।

सागर आफैँ पनि जीवनको संक्रमणकालीन अवस्थामा हुन्छन् । उनको वैवाहिक जीवन विघटनको संघारमा हुन्छ । यसैले उनी शान्तिको खोजीमा नेपाल आएका हुन्छन् ।

नेपालमा जन्मिएर क्यानाडामा बसोबास गरिरहेका सागर बुद्धको जन्मभूमिमा पुग्दा उनको आफ्नै पहिचानको कथा पनि उजागर हुँदै जान्छ ।

भूमिले सागरलाई बुद्धको दरबार देखाउँदै लैजाँदा उनीहरूबीच सिद्धार्थ गौतमले आफ्नी पत्नी यशोधरा र छोरा राहुललाई छाड्ने निर्णय गरेकोबारे गहिरो बहस चल्छ । यो बहस ऐतिहासिक मात्र होइन व्यक्तिगत पीडा र निर्णयहरूसँग पनि गाँसिएको हुन्छ ।

नाटक क्याफे र तीर्थयात्राका यस्तै दृश्यबीच बगिरहन्छ । जहाँ भेट, बहस, मौनता र आत्मा खोजीका अनेक पाटा खुल्दै जान्छन् ।

‘लस्ट एन्ड फाउन्ड’ नाटक घिमिरे युवराजको लेखन अनि निर्देशनमा तयार भएको हो । ‘यो केवल दुई पात्रको कथा मात्र होइन । यो त सम्झनाको धरातल, अतीतको घाउ अनि पहिचानको पुनः खोजी पनि हो,’ निर्देशक घिमिरे भन्छन् ।

जेठ १७ गतेसम्म मञ्चन हुने नाटकमा कलाकारहरू पवित्रा खड्का, सुमित भण्डारी, सुहाना आचार्य र गोविन्द ओलीको अभिनय रहेको छ ।

नाटक मङ्गलबारबाहेक हरेक साँझ ५ः१५ बजे मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे अतिरिक्त शोसमेत मञ्चन गरिने छ ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register