स्कटिस च्यारिटी अवार्डस मनोनयनमा परिन् सुमी, जीतका लागि भोट गर्न अपील

लन्डन । स्कटिस च्यारिटी अवार्डस २०२५ का लागि एक नेपाली महिला मनोनयनमा पर्न सफल भएकी छिन् ।  फाइफ नेपाली कम्युनिटी, गैरआवासीय नेपाली सङ्घ स्कटल्यान्ड जस्ता संस्थामार्फत सामाजिक कार्यमा सक्रिय सुमी भण्डारी स्कटिस च्यारिटी अवार्डसअन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेकी हुन् । आउंदो १९ जुनमा ग्लास्गोस्थित रेडिसन ब्लुमा अवार्डस कार्यक्रम हुँदैछ । सुमी स्कटल्यान्डमा […]

May 16, 2025 - 17:57
 0
स्कटिस च्यारिटी अवार्डस मनोनयनमा परिन् सुमी, जीतका लागि भोट गर्न अपील

लन्डन । स्कटिस च्यारिटी अवार्डस २०२५ का लागि एक नेपाली महिला मनोनयनमा पर्न सफल भएकी छिन् । 

फाइफ नेपाली कम्युनिटी, गैरआवासीय नेपाली सङ्घ स्कटल्यान्ड जस्ता संस्थामार्फत सामाजिक कार्यमा सक्रिय सुमी भण्डारी स्कटिस च्यारिटी अवार्डसअन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेकी हुन् ।

आउंदो १९ जुनमा ग्लास्गोस्थित रेडिसन ब्लुमा अवार्डस कार्यक्रम हुँदैछ ।

सुमी स्कटल्यान्डमा नेपाली कला-संस्कृति, भाषा र समुदायको संरक्षण तथा सशक्तिकरणमा निरन्तर क्रियाशील छिन् ।

सिडीएन स्टुडेन्ट अफ द इयर उपाधिसमेत प्राप्त गरिसकेकी उनी महिलाहरूलाई सशक्त बनाउन, बालबालिकाको उत्थान र स्कटल्याण्डमा नेपाली संस्कृतिको संरक्षणमा जुटिरहेकी छन्।

सुमीले नेपालदेखि युक्रेनसम्मका विश्वव्यापी विपत्तिहरूमा कमजोर बालबालिकासँग काम गरेकी छिन् र सहायता प्रयासहरूको नेतृत्व गरेकी छिन्। 

सुमीले समुदायलाई अझ सशक्त बनाउन र उत्थानका लागि प्रेरित गर्न आफूलाई अनलाइनमार्फत मत दिन अपिल गरेकी छन् ।

सुमीलाई यो लिङ्कबाट भोट गर्न सकिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register