अन्नपूर्ण आरोहण दिवसमा अन्नपूर्ण म्याराथन 

कास्की।  आगामी जेठ २ गते अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा हुन्छ । अन्नपूर्ण आरोहण दिवसकै अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले पाँचौ संस्करणको अन्नपूर्ण म्याराथन आयोजनाको तयारीमा जुटेको छ । सबै सिजनका लागि पर्यटन भन्ने उद्देश्यसहित सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविर(४१३) मिटर)बाट घान्द्रुकसम्म म्याराथन(४२।१९५कि।मी) दौड आयोजना गर्दै आएको छ ।  अन्नपूर्ण आधारशिविरबाट शुरु हुने दौड […]

May 16, 2025 - 16:30
 0
अन्नपूर्ण आरोहण दिवसमा अन्नपूर्ण म्याराथन 

कास्की। 

आगामी जेठ २ गते अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा हुन्छ । अन्नपूर्ण आरोहण दिवसकै अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले पाँचौ संस्करणको अन्नपूर्ण म्याराथन आयोजनाको तयारीमा जुटेको छ । सबै सिजनका लागि पर्यटन भन्ने उद्देश्यसहित सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविर(४१३) मिटर)बाट घान्द्रुकसम्म म्याराथन(४२।१९५कि।मी) दौड आयोजना गर्दै आएको छ । 

अन्नपूर्ण आधारशिविरबाट शुरु हुने दौड माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकस्थित मेश्रम वराह माविको खेल मैदानमा आएर टुंगिने छ । यो पूर्वको एभेरेष्ट म्याराथनजस्तै हो । साहसिक दौडको रुपमा रहेको यो म्याराथन दौडिन स्वदेशी तथा विदेशी धावकहरुको उपस्थिति हुदैं आएको छ ।  

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्गोजको टोलीले अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) को सफल आरोहण गरेको थियो । सोही दिनलाई “अन्नपूर्ण आरोहण दिवस” मनाउदै आएको जनाउँदै अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले पनि वर्षेनी म्याराथनलाई प्राथमिकतामा राख्दै आएको छ । खास गरी साहसिक दौड मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको समितिले लिएको समितिका अध्यक्ष एवं संयोजक ललित गुरुङले जानकारी दिए । अन्नपूर्ण आरोहणको ७५ वर्ष भएकाले यस वर्षको अन्नपूर्ण म्याराथनको पाँचौ संस्करण हीरक उत्सवका रुपमा समेत मनाउन लागिएको उहाँको भनाई थियो 

म्याराथनमा महिला तथा पुरुष दुवै विधामा प्रतिस्पर्धा गराइने छ । दौडको लागि १० विदेशी र ५० नेपाली धावकले नाम दर्ता गराइसकेका छन् । नाम दर्ताको लागि १५ जेठ सम्मको समय तोकिएको छ । धावकले नाम दर्ताका लागि ७ हजार रुपैयाँ तिर्नुपर्ने छ ।

श्रतियोगितमा म्याराथन महिला तथा पुरुषतर्फ बिजेताले एक लाख ५ हजार पुरस्कार पाउने छन् । दोस्रो हुनेले एकलाख, तेस्रो हुनेले ७५ हजार नगद पुरस्कार पाउनेछन् । अन्नपूर्ण म्याराथन–२)८२ सम्पन्न गर्नका लागि करिब ३८ लाख रुपियाँ लाग्ने आयोजकको अनुमान छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register