हल्दिबारीका आगलागी पीडित विष्णु कट्टेललाई नव निर्मित आवास हस्तान्तरण

हल्दिबारी, ३ जेठ । झापाको हल्दिबारी गाउँपालिका–२ राईटोलका आगलागीपीडित विष्णु कट्टेलको परिवारलाई सामाजिक अभियन्ता तथा सहयोगी दाताको पहलमा निर्माण गरिएको सुरक्षित आवास औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। २०८१ चैत ११ गते राति भएको आगलागीबाट घर पूर्णरूपमा नष्ट भएपछि घरवारविहीन भएका कट्टेल परिवारलाई न्यानो छाना दिने उद्देश्यले सामाजिक अभियन्ताहरू जुटेका थिए । त्यसैको परिणामस्वरूप करिब ६ [...] The post हल्दिबारीका आगलागी पीडित विष्णु कट्टेललाई नव निर्मित आवास हस्तान्तरण appeared first on Jhapa Online.

May 17, 2025 - 04:06
 0
हल्दिबारीका आगलागी पीडित विष्णु कट्टेललाई नव निर्मित आवास हस्तान्तरण

हल्दिबारी, ३ जेठ । झापाको हल्दिबारी गाउँपालिका–२ राईटोलका आगलागीपीडित विष्णु कट्टेलको परिवारलाई सामाजिक अभियन्ता तथा सहयोगी दाताको पहलमा निर्माण गरिएको सुरक्षित आवास औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

२०८१ चैत ११ गते राति भएको आगलागीबाट घर पूर्णरूपमा नष्ट भएपछि घरवारविहीन भएका कट्टेल परिवारलाई न्यानो छाना दिने उद्देश्यले सामाजिक अभियन्ताहरू जुटेका थिए । त्यसैको परिणामस्वरूप करिब ६ लाख ५० हजार लागतमा निर्मित नयाँ घर अब उनीहरूको नाममा हस्तान्तरण गरिएको हो।

भवन हस्तान्तरण कार्यक्रम हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रको प्रमुख आतिथ्य तथा वडा सदस्य एवम् सामाजिक अभियन्ता विष्णु राईको अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि वन, वडा अध्यक्ष शुकलाल राजवंशी, वडा सदस्यहरू, नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाका सचिव कृष्ण प्रसाईं, सहयोगी दाताहरू, स्थानीय बासिन्दा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

वडा सदस्य विष्णु राई, युवा व्यवसायी कुमार कार्की, समाजसेवी भेषराज भण्डारी लगायतको अगुवाइमा सुरु गरिएको भवन निर्माण अभियानमा स्थानीयदेखि विदेशी नेपालीहरूसम्मको उल्लेखनीय साथ रह्यो ।

सहयोगी दाताहरू हल्दीबारी गाउँपालिका, योगेन्द्र पराजुली, जनार्दन न्यौपाने, भेलागढी सामुदायिक वन, पाथीभरा कालिका सामुदायिक वन, शुक्र दाहाल, प्रकाश उप्रेती, यादव तिम्सिना, असिम मैनाली, पाण्डप तिम्सिना, भोला प्रसाद ढुंगेल, रातेमाटे सामुदायिक वन उपभोक्ता समूह, कुमार तिम्सिना, श्याम गुरुङ, राजन श्रेष्ठ, सुदिप सुवेदी, कृष्ण प्रसाद प्रसाईं, प्रदिप गुरुङ, सन्तोष दाहाल, निर्मला कार्की (थापा), कृष्ण बहादुर राई, रबिन ठाकुर, जिवन दाहाल, चन्दा राई, किरात राई यायोक्खा हल्दीबारी, राम कुमार गिरी, कमल योन्जन तामाङ रहेका छन भने चन्दा राईको सहयोगमा विदेश (बेल्जियम) बाट सहयोग गर्ने दाताहरू अनिता गुरुङ, बिष्णु गुरुङ, गिता पुन, चन्दा राई, जमुना गुरुङ, संगीता कार्की, यमुना चौधरी, सिलु थापा, मन्जु रानाभाट, देउमाया लिम्बु, सानू फोमु शेर्पा, ममता लामा, आश्मा शाही, रुपा कार्की, यसोदा बि।क, अनु कार्की, रोजिना खड्का, बन्दना रायामाजी, प्रमिला ब्लोन, छिरिङ शेर्पा, मोती लामा, रुपा अधिकारी, दीपक शिवाकोटीरहेका छन् ।

निर्माण कार्यको समन्वय र श्रमदानमा उल्लेखनीय भूमिका निर्वाह गर्ने अभियन्ताहरूमा वडा सदस्य विष्णु राई, युवा व्यवसायी कुमार कार्की र समाजसेवी भेषराज भण्डारी रहेका छन्।

कार्यक्रमका अध्यक्ष विष्णु राईले हस्तान्तरणपश्चात् सहयोग संकलन कार्यलाई औपचारिक रूपमा समापन गरिएको घोषणा गरे। सुरक्षित आवास पाउँदा कट्टेल परिवारको अनुहारमा झल्किएको खुसी सम्पूर्ण सहयोगीहरूको योगदानको जीवन्त प्रमाण बनेको छ।

The post हल्दिबारीका आगलागी पीडित विष्णु कट्टेललाई नव निर्मित आवास हस्तान्तरण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register