‘नाफाको पछि लागेर लोडसेडिङ गर्नुहुँदैन, गर्दैनौँ’- शाक्य 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूहरुको उद्देश्य नाफा कमाउने मात्र नभएको बताएका छन् । प्राधिकरणमा पत्रकार सम्मेलनको आयोजना गर्दै शाक्यले यस्तो बताएका हुन् ।  उनले आफूहरू सरकारी अङ्क भएकोले नाफा मात्र प्राधिकरणको उद्देश्य नभएको बताएका छन् । नाफाको पछाडि लागेर लोडसेडिङ गर्नुहुँदैन भन्ने आफूहरूको मान्यता रहेको शाक्यले बताएका छन् ।  काम […]

May 16, 2025 - 10:25
 0
‘नाफाको पछि लागेर लोडसेडिङ गर्नुहुँदैन, गर्दैनौँ’- शाक्य 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूहरुको उद्देश्य नाफा कमाउने मात्र नभएको बताएका छन् । प्राधिकरणमा पत्रकार सम्मेलनको आयोजना गर्दै शाक्यले यस्तो बताएका हुन् । 

उनले आफूहरू सरकारी अङ्क भएकोले नाफा मात्र प्राधिकरणको उद्देश्य नभएको बताएका छन् । नाफाको पछाडि लागेर लोडसेडिङ गर्नुहुँदैन भन्ने आफूहरूको मान्यता रहेको शाक्यले बताएका छन् । 

काम गर्दै जाँदा पाएको खण्डमा नाफा लिने तर नाफाकै लागि विद्युत काट्ने काम नगर्ने शाक्यको भनाई छ । उनले लोडसेडिङ गर्नहुँदैन भन्ने उद्देश्यका साथ उद्योगमा पनि लोडसेडिङ घटाएको दाबी गरेका छन् । 

त्यस्तै, शाक्यले भारतबाट ल्याएर वा महँगोमै बिजुली किनेर भएपनि उद्योगमा भएको लोडसेडिङलाई घटाउने दाबी गर्दै कार्यकारी निर्देशक शाक्यले भारतबाट बिजुली खरिद गर्न निर्देशन दिएको पनि उल्लेख गरेका छन् । गत वर्ष पनि यही समयमा बेलाबेलामा विद्युत कटौती भइरहे पनि त्यसबेला कसैले आपत्ति नजनाएको तर अहिले धेरै हल्ला भएको शाक्यले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register