झापामा आजदेखि एचपीभी खोप अभियान, ५४ हजार ९९९ किशोरीलाई खोप लगाइँदै

झापा, २२ माघ । झापामा आजदेखि महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान शुरु हुँदैछ । झापाको मेचीनगर–१३ चारआलीस्थित सहिद दशरथ चन्द माविमा आज उद्घाटन कार्यक्रम रहेको छ । जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार नौ सय ९९ जना किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य [...] The post झापामा आजदेखि एचपीभी खोप अभियान, ५४ हजार ९९९ किशोरीलाई खोप लगाइँदै appeared first on Jhapa Online.

Feb 4, 2025 - 02:49
 0
झापामा आजदेखि एचपीभी खोप अभियान, ५४ हजार ९९९ किशोरीलाई खोप लगाइँदै

झापा, २२ माघ । झापामा आजदेखि महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान शुरु हुँदैछ ।

झापाको मेचीनगर–१३ चारआलीस्थित सहिद दशरथ चन्द माविमा आज उद्घाटन कार्यक्रम रहेको छ । जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार नौ सय ९९ जना किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो ।

माघ २२ गतेदेखि २९ गतेसम्म जिल्लामा सञ्चालन हुने यो अभियानमा कक्षा–६ देखि कक्षा–१० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइनेछ ।

झापामा एचपीभी खोप अभियानका लागि सात सय ५५ खोप केन्द्र, सात सय ८१ जना स्वास्थ्यकर्मी र एक हजार पाँच सय १५ जना स्वयम्सेविका परिचालन हुनेछन् । सात सय ५५ खोप केन्द्रमध्ये पाँच सय ५७ विद्यालय एक सय ४० स्वास्थ्य संस्था र ४० वटा बाह्य केन्द्र रहने कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिनुभयो ।

झापाको मेचीनगर नगरपालिकामा सात हजार ६४ जना, बुद्धशान्ति गाउँपालिकामा तीन हजार एक सय ७९, अर्जुनधारा नगरपालिका तीन हजार छ सय ४९, कनकाई नगरपालिकामा तीन हजार ९९, शिवसताक्षी नगरपालिकामा तीन हजार आठ सय ७८, कमल गाउँपालिकामा दुई हजार सात सय ४४, दमक नगरपालिकामा छ हजार पाँच सय २३, गौरादह नगरपालिकामा तीन हजार एक सय १९, गौरीगञ्ज गाउँपालिकामा दुई हजार ५०, झापा गाउँपालिकामा दुई हजार ३५, बाह्रदशीमा एक हजार नौ सय ९५, बिर्तामोड नगरपालिकामा सात हजार पाँच सय ६३, हल्दिबारी गाउँपालिकामा एक हजार आठ सय छ, भद्रपुर नगरपालिकामा ती हजार आठ सय ५३ र कचनकवल गाउँपालिकामा दुई हजार चार सय ४२ जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिनुभयो ।

ह्युमन पापिलोमा भाइसर (एचपीभी) को दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक रहेका छन् । झापामा माघ २२ गतेदेखि २९ गतेसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य करक एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको छ ।

The post झापामा आजदेखि एचपीभी खोप अभियान, ५४ हजार ९९९ किशोरीलाई खोप लगाइँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register