नेपालले बहराइनलाई ९ विकेटले हरायो

काठमाडौँ, २७ वैशाख । आइसीसी महिला टी–२० विश्वकपको एसिया छनौट अन्तर्गतको खेलमा नेपालले बहराइनमाथि ९ विकेटको जित हात पारेको छ । वर्षाका कारण ५–५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४।२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । बहराइनले दिएको [...] The post नेपालले बहराइनलाई ९ विकेटले हरायो appeared first on Jhapa Online.

May 10, 2025 - 08:08
 0
नेपालले बहराइनलाई ९ विकेटले हरायो

काठमाडौँ, २७ वैशाख । आइसीसी महिला टी–२० विश्वकपको एसिया छनौट अन्तर्गतको खेलमा नेपालले बहराइनमाथि ९ विकेटको जित हात पारेको छ ।

वर्षाका कारण ५–५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४।२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । बहराइनले दिएको ४२ रनको लक्ष्य पछाएको नेपालले ४।२ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य भेट्टायो । नेपालको जितमा कविता कुँवरले १८ तथा सम्झना खड्काले अविजित १८ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले ५ ओभरमा एक विकेट गुमाउँदै ४१ रन बनायो । बहराइनका लागि कप्तान दीपिका रसानगीकाले सर्वाधिक ३४ रन बनाएकी थिइन् ।

नेपाली बलर पूजा महतोले एक विकेट लिएकी थिइन् । अब नेपालले अर्को खेल मे १३ मा हङकङ चाइना र मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ ।

कुल ९ देशले भाग लिने यस एसिया छनौटमा नेपाल समूह सी मा रहेको छ । नेपालको समूहमा बहराइन र हङकङ रहेका छन् । एसिया छनौटको समूह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समूह बी मा मलेसिया, कतार युएई रहेका छन् ।

समूहमा हरेक टिमले एक अर्का विरुद्ध २–२ खेल खेलेपछि समूह विजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन् । फाइनल राउण्डमा एक अर्का विरुद्ध खेलेपछि शिर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् ।

The post नेपालले बहराइनलाई ९ विकेटले हरायो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register