पाथीभरा विवाद : सङ्घर्ष समितिले फिर्ता लियो हड्ताल, यातायात बन्द कार्यक्रम जारी
काठमाडौं । मुक्कुमलुङ सङ्घर्ष सहयोग समितिले आम हड्ताल फिर्ता लिएको छ । अर्को सूचना नआएसम्म आम हड्ताल फिर्ता लिएको तथा घोषित यातायात बन्द कार्यक्रम भने जारी रहेको संयोजक कमल हाङसरुम्बाले जानकारी दिए । साथै, गत राति हिलिहाङ गाउँपालिकास्थित पामा वरक (जोरपोखरी) नजिक रुख ढालेर बाटो अवरोध गरिएको भन्दै अफवाह फैलाइएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा […]

काठमाडौं । मुक्कुमलुङ सङ्घर्ष सहयोग समितिले आम हड्ताल फिर्ता लिएको छ ।
अर्को सूचना नआएसम्म आम हड्ताल फिर्ता लिएको तथा घोषित यातायात बन्द कार्यक्रम भने जारी रहेको संयोजक कमल हाङसरुम्बाले जानकारी दिए ।
साथै, गत राति हिलिहाङ गाउँपालिकास्थित पामा वरक (जोरपोखरी) नजिक रुख ढालेर बाटो अवरोध गरिएको भन्दै अफवाह फैलाइएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “निहत्था जनतामाथि निर्मम दमनमा उत्रेको सरकारले आफै सुनियोजित ढंगले यस्ता हर्कतहरु गरेर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बद्नाम गर्न खोजिएको भन्ने हाम्रो ठम्याई रहेको छ । यी सबै परिस्थितिको जिम्मा दमनकारी सरकारले लिनुपर्दछ । त्यसैले, शान्तिपूर्ण आन्दोलनमा यस किसिमको कार्यक्रम नरहेको र अर्को सूचना नआएसम्म आम हड्ताल फिर्ता लिएको तथा घोषित यातायात बन्द कार्यक्रम भने जारी रहेको सबै सम्बद्ध पक्ष र आम नागरिकमा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।”
What's Your Reaction?






