राजनीतिक नेतृत्वमा उपस्थिति र पहुँचका लागि महिला नेतृहरु एकै ठाउँमा 

धादिङ ।  राजनीतिक पहुँच र नेतृत्वमा महिलाहरुको अर्थपूर्ण पहुँच र सहभागिताका लागि धादिङका महिलाहरु सामूहिक पैरवीका लागि तयारी गरेका छन् । महिलाहरुको अवसर, चुनौती र सम्भावनाबारे मंगलबार धादिङबेसीमा छलफल गर्दै महिला नेतृहरुले राजनीतिक दलमा पहुँच र अवसर नपाउने गरेको गुनासो गर्दै महिलाहरुको अर्थपूर्ण सहभागिता र निर्णय प्रक्रियाका लागि सामूहिक पैरवी गर्ने प्रतिबद्धता जनाएका छन् ।  फोकस […]

Feb 4, 2025 - 11:20
 0
राजनीतिक नेतृत्वमा उपस्थिति र पहुँचका लागि महिला नेतृहरु एकै ठाउँमा 

धादिङ । 

राजनीतिक पहुँच र नेतृत्वमा महिलाहरुको अर्थपूर्ण पहुँच र सहभागिताका लागि धादिङका महिलाहरु सामूहिक पैरवीका लागि तयारी गरेका छन् । 
महिलाहरुको अवसर, चुनौती र सम्भावनाबारे मंगलबार धादिङबेसीमा छलफल गर्दै महिला नेतृहरुले राजनीतिक दलमा पहुँच र अवसर नपाउने गरेको गुनासो गर्दै महिलाहरुको अर्थपूर्ण सहभागिता र निर्णय प्रक्रियाका लागि सामूहिक पैरवी गर्ने प्रतिबद्धता जनाएका छन् । 

फोकस नेपालले नागरिक आवाजसँगको सहकार्यमा आयोजना गरिएको ‘राजनैतिक नेतृत्वमा महिलाहरुको पहुँच’ विषयक अन्तरकृया कार्यक्रममा जिल्लामा क्रियाशील राजनीतिक दलका महिला नेताहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा त्रिपुरासुज्दरी गाउँपालिकाका पूर्व उपप्रमुख देवी पाण्डेले राजनीतिक दलमा महिलाको सहभागिता, पहुँच, नेतृत्व सहज नभएको, निर्णायक प्रक्रियामा समेत आफूले भेदभाव महसुस गरेको बताए । 

नेकपा एमालेका जिल्ला सचिव राधिका सापकोटाले महिलाहरुलाई राजनीतिमा आउँदा, सन्देश, शंकास्पद दृष्ट्रिले हेर्ने गरिएको बताउँदै महिलाहरुलाई आफ्नै परिचय हुन नदिइएको अनुभव सुनाइन् । महिलालाई आचरण लगायतका अन्य कुरासंग जोडेर राजनीतिमा आउन घर, समाजले रोकावट गर्ने गरेको बताउँदै नीति निर्माण तहमा सहभागिता नभएकोले महिलाहरु एक भएर पैरवी गर्दै महिला नेतृत्व स्थापित गरेर नीति निर्माणमा अर्थपूर्ण सहभागिताका लागि लाग्नु पर्ने एमाले नेता सापकोटाले बताइन्  । 

रास्वपाका लक्ष्मी अर्यालले महिलाहरुले राजनीति बुझ्न नपाएको र राजनीतिमा अवसर नै नपाएको बताइन् । 
नेकपा एसका नेता तथा सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्यालले महिलालाई घरबाट निस्कन मुस्किल हुने गरेको बताउँदै निर्वाचनमा टिकट पाएपनि भोट पाउन मुस्किल हुने गरेको अनुभव बताउँदै महिलाहरुको आर्थिक रुपमा पहुँच नभएकोले राजनीतिमा पहुँच नभएको बताइन् ।


राप्रपाका नेता शान्तिमाया गुरुङले आफूलाई सुरुमा गाउँ फर्के अभियानमा जबरजस्ती राजनीतिमा ल्याएको बताउँदै अहिले पार्टीले प्रत्यक्ष जिम्मेवारी नदिएको, मौकाहरुमा अवसर नदिने गरेको बताइन् । 

नेपाली काँग्रेसका कविता इटनीले पार्टी भित्रको पार्टी (गुटउपगुट) ले महिलाहरु सिकार भइरहेको उल्लेख गर्दै महिलाहरु एक भएर सहभागिता र नीति निर्माणमका मपहला पहुँचका लागि पैरवी गर्नुपर्ने बताइन् । 

नेकपा एमालेका नेता तथा सञ्चारकर्मी गायत्री खतिवडाले महिलाहरुमा राजनीतिक चेतना हुनुपर्ने बताउँदै महिलाका साझा मुद्दामा एक भएर पार्टी भित्र र पार्टी बाहिर पैरवी गर्नुपर्नेमा जोड दिइन् । 

कार्यक्रम आयोजक फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता, निर्णायक तहमा महिलाहरुको पहुँच बढाउन, संविधामा महिला सहभागिताको सुनिश्चितताका लागि दबाब सिर्जना गर्दै राजनीतिमा महिलाहरुको गुणस्तरीय उपस्थिति सुनिश्चित गर्दै आगामी ०८४ को निर्वाचनमा जसको सवाल उसकै नेतृत्वका लागि पैरवी गर्न महिलाहरुको सामूहिक पैरवीका लागि छलफल गरिएको बताइन् । 
छलफल कार्यक्रमपछि धादिङमा महिला नेताहरुले सामूहिक साझा महिलाका विषयमा छलफल गर्नका लागि अन्तरपार्टी समन्वय समिति समेत गठन गरेका छन् । 

समितिमा नेकपा एमालेका उर्मिला रेग्मी, नेपाली काँग्रेसका देवी पाण्डे, रास्वपाका लक्ष्मी अर्याल, राप्रपाका सुनिता सिंखडा र नेकपा एसका भगवती तिवारी रहने र यसले अन्तरपुस्ता नारीबादी मञ्चमा सहभागी भएर सामूहिक पैरवी गर्ने महिलानेताहरुले जानकारी दिएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register