भद्रपुर झापा गोल्डकपको सौर्य एयरलाइन्स र ओम साई पाथिभरा हस्पिलटल, ३१ लाख रुपैयाँ दिने

भद्रपुर, २३ माघ । भद्रपुर झापा गोल्डकप २०८१ को मुख्य प्रायोजकका रुपमा सौर्य एयरलाइन्स तथा ओमसाई पाथिभरा हास्टिपलबीच सम्झौता भएको छ । आज भद्रपुरको चन्द्रगढी विमानस्थल अगाडि रहेको एयरपोर्ट होलटमा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र मुख्य प्रायोजकको तर्फबाट सौर्य एयरलाइन्स तथा ओमसाई पाथिभरा हास्टिपलका अध्यक्ष दीपककुमार पोखरेल सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । सम्झौतासँगै [...] The post भद्रपुर झापा गोल्डकपको सौर्य एयरलाइन्स र ओम साई पाथिभरा हस्पिलटल, ३१ लाख रुपैयाँ दिने appeared first on Jhapa Online.

Feb 5, 2025 - 11:28
 0
भद्रपुर झापा गोल्डकपको सौर्य एयरलाइन्स र ओम साई पाथिभरा हस्पिलटल, ३१ लाख रुपैयाँ दिने

भद्रपुर, २३ माघ । भद्रपुर झापा गोल्डकप २०८१ को मुख्य प्रायोजकका रुपमा सौर्य एयरलाइन्स तथा ओमसाई पाथिभरा हास्टिपलबीच सम्झौता भएको छ ।

आज भद्रपुरको चन्द्रगढी विमानस्थल अगाडि रहेको एयरपोर्ट होलटमा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र मुख्य प्रायोजकको तर्फबाट सौर्य एयरलाइन्स तथा ओमसाई पाथिभरा हास्टिपलका अध्यक्ष दीपककुमार पोखरेल सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतासँगै अब “सौर्य एयरलाइन्स तथा ओमसाई पाथिभरा हास्टिपल भद्रपुर झापा गोल्ड कप” को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । आगामी फागुन ७ गतेदेखि हुने प्रतियोगिता गम्भीर राई स्मृती संस्कारणका रूपमा फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले प्रतियोगता सम्पन्न गर्न संरक्षकको रुपमा रहेको नगरपालिकाले विशेष सहयोग गर्ने बताउनुभयो । नगरपालिकाले खेलकुदलाई प्राथमिकता राखेको बताउनु हुँदै उहाँले गोल्डकपलाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।

मुख्य प्रायोजकका तर्फबाट अध्यक्ष दीपककुमार पोखरेलले प्रतियोगिता सफल बनाउन ३१ लाख रुपैयाँ प्रदान गरेको बताउनुभयो । उहाँले प्रतियोगितालाई दिगो बनाउन पहल गर्नुपर्नेमा जोड दिँदै स्थानीयस्तरमा भइरहेको कार्यक्रमलाई सबैले अपनत्व ग्रहण गरेर सहयोग गर्नुपर्ने बताउनुभयो ।

सम्झौता कार्यक्रममा स्वागतसँगै औचित्यमाथि प्रकाश पार्नुहुँदै गोल्ड कपका अध्यक्ष दिपेश ढकालले बजारमा आर्थिक अवस्था कमजोरले प्रतियोगिता चुनौतीपूर्ण रहेकाले सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । प्रतियोगितास्थल मेची रंगशालामा प्याराफिट लगायत भौतिक पूर्वाधारको आवश्यकता रहेकाले सरोकारवालाको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, खेलकुद विकास समितिका झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)ले शुभकामना मन्तव्य राख्नुहुँदै प्रतियोगिता सफल बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा भद्रपुर नगरपालिका वडाध्यक्षहरु, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको रहेको कार्यक्रमको सञ्चालन गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले गर्नुभएको थियो ।

यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको सम्मान स्वरुप ‘गम्भीर राई स्मृति संस्करण’ का रुपमा सञ्चालन हुने गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले बताउनुभयो । खेलाडी राईको परिवारले समेत प्रतियोगिता अन्तरगत प्रतियोगिता भरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ प्रदान गर्ने जनाइएको छ ।

दर्शकको सुविधालाई ध्यानमा राख्दै मेची रंगशालामा करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारामिटको मर्मत तथा रङरोगन कार्य अन्तिम चरणमा पुगेको गोल्डकका उपाध्यक्ष हिक्मत घिमिरेले बताउनुभयो । उहाँका अनुसार बाँसको अस्थायी प्यारापिट निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, झापा ११, नेपालका विभागीयसहित ५ वटा ए डिभिजन क्लब तथा भारत, भुटान र बंगलादेशका तीन विदेशी क्लबको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार (रु १३ लाख) सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक नवराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष टिकाराज ढकाल एवम् नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष हेमराज ढकालले आफ्ना मातापिता रामरेखा तथा लक्ष्मण ढकालको स्मृतिमा संयुक्त रुपमा सौजन्य गर्नुभएको छ भने दोस्रो पुरस्कार (रु. ७ लाख) अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गर्ने भएको छ ।

कार्यक्रममा झापा गोल्डकपका अध्यक्ष केदार गिरीले एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको छ । विभिन्न दाताबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको भद्रपुर झापा गोल्डकपले जनाएको छ ।

त्यसैगरी, प्रतियोगिताको फाइनलमा टिकट काट्ने एक जना भाग्यशाली दर्शकलाई जगदम्बा मोटर्सले एक थान टिभिएस मोटरसाइकल उपहार प्रदान गर्नेछ भने एकजना भाग्यशाली दर्शकलाई सुनचाँदी व्यवसायी संघ भद्रपुरको तर्फबाट एक थान सुनको सिक्री उपहार प्रदान गर्नेछ ।

त्यस्तै, प्रत्येक दिन टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई दुई जनाको डिनरको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहनेछन् ।

The post भद्रपुर झापा गोल्डकपको सौर्य एयरलाइन्स र ओम साई पाथिभरा हस्पिलटल, ३१ लाख रुपैयाँ दिने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register