बेलायती राजकुमारीले अवलोकन गरिन् कीर्तिपुर आँखा अस्पताल र भक्तपुर अस्पताल

काठमाडौं । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफियाले कीर्तिपुर आँखा अस्पताल र भक्तपुर अस्पतालमा अवलोकन गरेकी छन् । कीर्तिपुर अस्पतालले बेलायतको विकास साझेदार संस्था ‘रिड्ली आइ फाउण्डेसन’का सहयोगमा नेपालका विकट उच्च पहाडी क्षेत्रमा निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको छ । अधिराजकुमारी सोफिया ‘द इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस […]

Feb 5, 2025 - 11:27
 0
बेलायती राजकुमारीले अवलोकन गरिन् कीर्तिपुर आँखा अस्पताल र भक्तपुर अस्पताल

काठमाडौं । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफियाले कीर्तिपुर आँखा अस्पताल र भक्तपुर अस्पतालमा अवलोकन गरेकी छन् ।

कीर्तिपुर अस्पतालले बेलायतको विकास साझेदार संस्था ‘रिड्ली आइ फाउण्डेसन’का सहयोगमा नेपालका विकट उच्च पहाडी क्षेत्रमा निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको छ ।

अधिराजकुमारी सोफिया ‘द इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आईएपीबी)को ‘ग्लोबल एम्बेस्डर’ (विश्व सद्भावनादूत) हुन् ।

साथै, सोफियाले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड)को अवलोकन गरेकी छन् ।

उनले अस्पतालको प्रसूति कक्षमा रहेका सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था, उपचार विधिलगायत विविध पक्षका बारेमा जानकारी लिएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register