ब्राउनसुगरसहित २१ जना पक्राउ

झापा, ३ जेठ । झापा र मोरङको विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगरसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ २ गते मोरङ रतुवामाइ नगरपालिका–२ स्थितबाट लागु औषध नियन्त्रण व्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय डोरिया र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ रतुबामाई–८ का ३३ वर्षीय नबिन नेपालीको साथबाट २ ग्राम ५०० [...] The post ब्राउनसुगरसहित २१ जना पक्राउ appeared first on Jhapa Online.

May 17, 2025 - 09:13
 0
ब्राउनसुगरसहित २१ जना पक्राउ

झापा, ३ जेठ । झापा र मोरङको विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगरसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेष्ठ २ गते मोरङ रतुवामाइ नगरपालिका–२ स्थितबाट लागु औषध नियन्त्रण व्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय डोरिया र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ रतुबामाई–८ का ३३ वर्षीय नबिन नेपालीको साथबाट २ ग्राम ५०० मिलिग्राम, रतुवाम–९ का २५ वर्षीय मनिस राई र ३३ वर्षीय डिकेन्द्र तामाङको साथबाट ७ ग्राम ४ सय ३० मिलिग्राम, मोरङ पथरी शनिश्चरे–२ का ३१ वर्षीय बुद्धिराज राई र ३० वर्षीय सूर्य बिकको साथबाट ४ ग्राम ७ सय ५० मिलिग्राम, मोरङ कानेपोखरी–७ क ३८ वर्षीय जोनी राईको साथबाट २ ग्राम ६ सय १०मिलिग्राम, १९ वर्षीय अशोक कटुवाल र लेटाङ–६ का ३२ वर्षीय सनम राईको साथबाट ४ ग्राम ३ सय २० मिलिग्राम, उर्लाबारी–२ का ३३ वर्षीय मिलन ढकाल र ३३ वर्षीय मुकुन्द दुलालको साथबाट ४ ग्राम ६ सय ९० मिलिग्राम, झापा गौरादह–८ का २३ वर्षीय ओम नारायण ताजपुरियाको साथबाट १ ग्राम २ सय ७० मिलिग्राम, झापा कमल गाँउपालिका–२ का २७ वर्षीय समिर न्यौपाने र २७ वर्षीय निरज सुब्बाको साथबाट १ ग्राम ३ सय ६० मिलिग्राम, कमल गाँउपालिका–४ का ३० वर्षीय इन्द्र लिम्बु र ३६ वर्षीय सुमन राईको साथबाट २ ग्राम ८ सय ९० मिलिग्राम, झापा दमक–५ का २२ वर्षीय आशिषकुमार साह र २८ वर्षीय निरज सुबेदीको साथबाट ३ ग्राम ७ सय २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

सोही दिन उर्लाबारी नगरपालिका–४ स्थितमा इलाका प्रहरी कार्यालय उर्लाबारीले सोही स्थानकी ४९ वर्षीया लिलाकुमारी थारु र उनको छोरा २५ वर्षीय रंजित धामि थारु र २४ वर्षीय प्रबिन धामि थारुलाई ब्राउन सुगर २ ग्राम ९ सय ६० मिलिग्राम, बिभिन्न सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, झापा बिर्तामोड–५ स्थितबाट लागू औषध व्यूरो काँकडभिट्टा टोलिले झापा मेचीनगर–१० का २३ वर्षीय अंकित खरेललाई १ ग्राम ७ सय २० मिलिग्राम र निषेधित औषधी ९ क्याप्सुल सहित पक्राउ गरेको छ ।

The post ब्राउनसुगरसहित २१ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register