ग्राहकका कारोबार विवरण ‘लिक’ भएपछि नबिल स्टकमा कारोबार छोड्नेहरु बढे, अझै रोकिएन चुहावट, बोर्ड रमिते !

काठमाडौँ । नबिल स्टक डिलर अर्थात ब्रोकर नम्बर ७७ मा कारोबार गर्न छोड्नेहरु बढेका छन् । पछिल्लो समय ग्राहकका कारोबार विवरण भकाभक ‘लिक’ हुन थालेपछी नबिल स्टक डिलरबाट कारोबार गर्न छोड्नेहरु बढेका हुन् ।  नबिल स्टक डिलरमा खाता खोलेर ठूलो परिमाणको कारोबार गर्नेहरुको विवरण गैरकानूनी रुपमा असम्बन्धित व्यक्तिकहाँ पुगेको तथ्य केही दिनअघि अर्थ सरोकारले सप्रमाण सम्प्रेषण […]

Feb 7, 2025 - 02:57
 0
ग्राहकका कारोबार विवरण ‘लिक’ भएपछि नबिल स्टकमा कारोबार छोड्नेहरु बढे, अझै रोकिएन चुहावट, बोर्ड रमिते !

काठमाडौँ । नबिल स्टक डिलर अर्थात ब्रोकर नम्बर ७७ मा कारोबार गर्न छोड्नेहरु बढेका छन् । पछिल्लो समय ग्राहकका कारोबार विवरण भकाभक ‘लिक’ हुन थालेपछी नबिल स्टक डिलरबाट कारोबार गर्न छोड्नेहरु बढेका हुन् । 

नबिल स्टक डिलरमा खाता खोलेर ठूलो परिमाणको कारोबार गर्नेहरुको विवरण गैरकानूनी रुपमा असम्बन्धित व्यक्तिकहाँ पुगेको तथ्य केही दिनअघि अर्थ सरोकारले सप्रमाण सम्प्रेषण गरेको थियो । 

लगानीकर्ताको कारोबार विवरण गोप्य रहनुपर्नेमा नबिलबाट कारोबार छताछुल्ल भएपछि कम्पनीप्रति ग्राहकको विश्वास घट्दो छ । यतिसम्म कि नबिल स्टक डिलरका केही कर्मचारीले ठूलो कारोबार गर्ने लगानीकर्ताको कारोबार विवरण असम्बन्धित व्यक्तिलाई बेचेको तथ्यसमेत भेटिएको छ । 

यसरी ग्राहकको गोपनीयताको धज्जी उडाउँदै नबिलबाट ग्राहकका विवरण ‘लिक’ हुन थालेपछी नबिलमा कारोबार छोड्नेहरु बढेका हुन् । स्वयम् कम्पनीका एक कर्मचारीले पछिल्लो केही समययता कम्पनीमा कारोबार छोड्नेहरु बढेको बताएका छन् । ‘ग्राहक आउनुहुन्छ, सुरुमै मेरो विवरण लिक भएको छैन नि भनेर सोध्नुहुन्छ ।’, उनले भने, ‘सुन्दा ठट्टा गरेजस्तो लागे पनि नियमित कारोबार गर्नेहरुले पनि योबीचमा कारोबार गर्न छोड्नुभएको छ ।’

यसो त नबिल स्टक डिलरबाट कम्पनीका सिनियर कर्मचारी मदन तिमिल्सिनाले श्रीमती सिमोनी सेढाईका नाममा गरेको कारोबार विवरण पनि बाहिरिएको थियो । जुन तथ्य अर्थ सरोकारले प्रमाणसहित सार्वजनिक गरिसकेको छ । अब आफ्नै हाकिमको श्रीमतीको समेत कारोबार विवरण सुरक्षित नरहेको कम्पनीमा अन्य लगानीकर्ताको विवरण सुरक्षित होला ? यही कारण पनि नबिल स्टक डिलरमा कारोबार गर्न छोड्नेहरु बढेका हुन् ।

तर कम्पनीमा यति सब हुँदा पनि सञ्चालक समिति भने चुइक्क बोलेको छैन । यसले गर्दा पनि ग्राहकको विवरण ‘लिक’ हुने क्रम र कारोबार गर्न छोड्नेहरुको संखया बढ्दो क्रम दुवै रोकिएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register