थाइल्यान्डविरुद्ध सान्त्वना जित निकाल्दै श्रृङ्खलाको सुखद अन्त्य गर्ने सुरमा नेपाल

काठमाडौं । महिला टी–२० त्रिकोणात्मक क्रिकेट श्रृङ्खलाअन्तर्गत आज (शुक्रबार) अन्तिम खेल हुँदैछ । अन्तिम खेलमा आज घरेलु टोली नेपालले थाइल्यान्डको सामाना गर्दै । यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । आज नेपाल थाइल्यान्डविरुद्ध मैदानमा उत्रँदा सान्त्वना जितको खोजीमा हुनेछ । यसअघि भएका सबै पाँचवटा खेलमा नेपालले पराजय भागेको छ । […]

Feb 7, 2025 - 04:12
 0
थाइल्यान्डविरुद्ध सान्त्वना जित निकाल्दै श्रृङ्खलाको सुखद अन्त्य गर्ने सुरमा नेपाल

काठमाडौं । महिला टी–२० त्रिकोणात्मक क्रिकेट श्रृङ्खलाअन्तर्गत आज (शुक्रबार) अन्तिम खेल हुँदैछ । अन्तिम खेलमा आज घरेलु टोली नेपालले थाइल्यान्डको सामाना गर्दै ।

यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । आज नेपाल थाइल्यान्डविरुद्ध मैदानमा उत्रँदा सान्त्वना जितको खोजीमा हुनेछ ।

यसअघि भएका सबै पाँचवटा खेलमा नेपालले पराजय भागेको छ । यसर्थ नेपाल आज थाइल्यान्डलाई हराएर श्रृङ्खलाको सुखद अन्त्य गर्न चाहन्छ ।

थाइल्यान्ड पाँच खेलमा चार जितसहित आठ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । ६ खेलबाट समान अङ्क जोडेको नेदरल्यान्ड्स नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ ।

यसर्थ थाइल्यान्डको श्रृङ्खला जित्ने सम्भावना प्रबल छ । आज झिनो अन्तरले पराजित हुँदा पनि उसले उपाधि जित्न सक्छ ।

थाइल्याण्डको अपराजित यात्रा टुङ्गियो, नेदरल्याण्ड्ससँग १ विकेटले पराजित

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register