त्रिवि विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचनको मिति सर्‍यो

काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको मिति सरेको छ । निर्वाचन समितिले आइतबार एक सूचना जारी गर्दै विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन ८ गते हुने जानकारी दिएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले अवरुद्ध क्याम्पसमा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि क्याम्पसले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । […]

Mar 16, 2025 - 15:35
 0
त्रिवि विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचनको मिति सर्‍यो

काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको मिति सरेको छ । निर्वाचन समितिले आइतबार एक सूचना जारी गर्दै विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन ८ गते हुने जानकारी दिएको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले अवरुद्ध क्याम्पसमा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि क्याम्पसले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

सोमबार दिउँसो २ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकिएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । उम्मेदवारहरूको अन्तिम नामावली पनि भोलि अपरान्ह ५ बजे नै सार्वजनिक हुने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register