ममता कुलकर्णी दिनमा हवन गर्थिन् र रातमा रक्सी पिउँथिन् ?

काठमाडौं । बलिउड अभिनेत्री ममता कुलकर्णी विदेशबाट भारत फर्किएदेखि नै चर्चामा छिन् । चलचित्र क्षेत्र छाडेर आफू लामो समयदेखि आध्यात्मिक यात्रामा रहेको उनले दाबी गरेकी छन् । हालै उनलाई किन्नर अखाडाको महामण्डलेश्वरसमेत बनाइएको थियो । तर, त्यहाँ सन्तहरूले व्यापक विरोध गरेपछि उनलाई हटाइयो ।उनी केवल सात दिन मात्र महामण्डलेश्वर बनिन् । यसैबीच आफूले २३ वर्षदेखि […]

Feb 7, 2025 - 07:54
 0
ममता कुलकर्णी दिनमा हवन गर्थिन् र रातमा रक्सी पिउँथिन् ?

काठमाडौं । बलिउड अभिनेत्री ममता कुलकर्णी विदेशबाट भारत फर्किएदेखि नै चर्चामा छिन् ।

चलचित्र क्षेत्र छाडेर आफू लामो समयदेखि आध्यात्मिक यात्रामा रहेको उनले दाबी गरेकी छन् ।

हालै उनलाई किन्नर अखाडाको महामण्डलेश्वरसमेत बनाइएको थियो । तर, त्यहाँ सन्तहरूले व्यापक विरोध गरेपछि उनलाई हटाइयो ।उनी केवल सात दिन मात्र महामण्डलेश्वर बनिन् ।

यसैबीच आफूले २३ वर्षदेखि कुनै पनि वयस्क फिल्म नहेरेको बताएकी छन् । यस क्रममा ममताले नवरात्रिको ९ दिन उपवास बस्दा भएको विवादबारे पनि मुख खोलेकी छन् ।

उनीविरुद्ध के आरोप छ भने उनी दिनभर व्रत बस्ने तर रातमा दुई पेग पिउँथिन् । उनी ताज होटल जान्थिन् । यो त्यतिबेलाको कुरा हो, जतिबेला उनी फिल्ममा काम गरिरहेकी थिइन् । यस विषयमा धेरै विवाद भएको थियो ।

भारतीय सञ्चारमाध्यमकाअनुसार ममताले भनिन्, “जतिबेला म बलिउडमा थिएँ, सन् १९९७ मा मेरो जीवनमा मेरो गुरु आउनुभयो । बलिउडमा काम गर्दा मेरो जीवन कडा दिनचर्यामा चल्थ्यो । म सुटिङमा जाँदा तीनवटा झोला बोकेर जान्थेँ । एउटा झोलामा मेरा लुगाहरू थिए भने अर्को झोलामा मेरो पोर्टेबल टेम्पल थियो । यो मन्दिर मेरो कोठाको टेबलमा बनाइएको थियो, जहाँ म काममा जानुअघि पूजा गर्थें । यो अनुष्ठान पूरा गरेपछि मात्र म मेरो सुटिङ तालिकामा जान्थेँ ।”

ममताले थप भनिन्, “म नवरात्रमा व्रत बस्थेँ । यो नवरात्र नौ दिनको सिद्धि हो । मैले बिहान, दिउँसो र साँझ तीन पटक उपवास बस्ने र हवन गर्ने सङ्कल्प गरेकी थिएँ । मैले नौ दिनसम्म पानी मात्र पिएँ । मैले ३६ किलोग्राम चन्दन प्रयोग गरेर यज्ञ गरेँ ।”

“मेरो डिजाइनर, जो त्यतिबेला बलिउडबाट थिए,” एक दिन मलाई भने, ‘ममता, तिमी के गर्दै छौ ? तिमी धेरै गम्भीर भइसक्यौ । उठ, नौ दिन धेरै लामो भयो, अब जाऔँ ।”

उनले भनिन्, “त्यसपछि हामी ताज हेर्न गयौँ । यसरी नै एक वा दुई नवरात्र बित्यो । म स्कच पिउँथेँ, तर दुई पेग पिएपछि मलाई बाथरुम जान हतार हुन्थ्यो । यस्तो लाग्थ्यो- रक्सीको नशा मेरो दिमागमा गाडिइसक्यो । नौ दिनको तपस्या र पोषणको अभावले मलाई थकित बनायो । मलाई मेरो भित्री भाग जलिरहेको जस्तो महसुस भयो ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register