सबै खेलमा नेपाल पराजित, थाइल्याण्ड च्याम्पियन

काठमाडौं । अन्तिम खेलमा पनि नेपाललाई पराजित हुन पुगेको छ । साथै, ७ विकेटले नेपाललाइ हराउँदै थाइल्यान्डले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला २०२५ को उपाधि जितेको छ । त्रिपल राउन्ड रोविन पद्धत्तिमा खेलाइएको शृंखलामा नेदरल्यान्ड्सलाई २ अंकले पछि पार्दै थाइल्यान्ड च्याम्पियन बनेको हो । नेपालविरुद्ध क्लिन स्विप गरेको थाइल्यान्डले ६ खेलमा १० अंक जोड्न सफल […]

Feb 7, 2025 - 09:47
 0
सबै खेलमा नेपाल पराजित, थाइल्याण्ड च्याम्पियन

काठमाडौं ।

अन्तिम खेलमा पनि नेपाललाई पराजित हुन पुगेको छ । साथै, ७ विकेटले नेपाललाइ हराउँदै थाइल्यान्डले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला २०२५ को उपाधि जितेको छ ।

त्रिपल राउन्ड रोविन पद्धत्तिमा खेलाइएको शृंखलामा नेदरल्यान्ड्सलाई २ अंकले पछि पार्दै थाइल्यान्ड च्याम्पियन बनेको हो । नेपालविरुद्ध क्लिन स्विप गरेको थाइल्यान्डले ६ खेलमा १० अंक जोड्न सफल भयो । नेपाल भने जितविहीन रहँदै शृंखलाको अन्त्य गर्न विवस भएको छ ।

शुक्रबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ८३ रनको झिनो लक्ष्य थाइल्यान्डले १७ ओभरमा तीन विकेट गुमाउँदै पुरा गरेको हो ।

थाइल्यान्डको जितमा कप्तान नरुएमोल चाइवाइले ३४ बलमा दुई चौकासहित सर्वाधिक २७ रन बनाइन् भने नन्नापाट कान्चोरोएनकाईले २३ रन जोड्दा ओपनर नटया बूचाथमले ११ रनको योगदान गरेकी थिइन् ।

नेपालका लागि कप्तान इन्दु वर्माले दुई तथा पूजा महतोले एक विकेट लिइन् । त्यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरको समाप्तिमा सात विकेट गुमाउँदै ८१ रनको योगफल मात्रै खडा गरेको थियो । नेपालले भने कुनै पनि खेल नजिति पराजय हुन पुगेकाे छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register