सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी मागेको छ । बैंकले माघ २४ गते एक सुचना जारी गर्दै विभिन्न जिल्लाका लागि कर्मचारी मागेको हो । बैंकले सुर्खेत, बाँके र दाङका लागि जुनिअर अफिसर, अफिसर र सिनियर अफिसर पदमा कर्मचारी मागेको छ । उक्त पदमा जागिर खान इच्छुक व्यक्तिले मास्टर अथवा ब्याचलर डिग्री गरेको हुनु पर्नेछ । […]

Feb 7, 2025 - 09:48
 0
सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी मागेको छ । बैंकले माघ २४ गते एक सुचना जारी गर्दै विभिन्न जिल्लाका लागि कर्मचारी मागेको हो ।

बैंकले सुर्खेत, बाँके र दाङका लागि जुनिअर अफिसर, अफिसर र सिनियर अफिसर पदमा कर्मचारी मागेको छ । उक्त पदमा जागिर खान इच्छुक व्यक्तिले मास्टर अथवा ब्याचलर डिग्री गरेको हुनु पर्नेछ ।

त्यस्तै, आवेदन दिने व्यक्तिको उमेर ४० वर्षभन्दा कम र विकास बैंक वा वाणिज्य बैंकमा कम्तिमा पाँच वर्ष कार्य गरेको हुनु पर्ने प्रावधान रहेको छ ।  बैंकको सो जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register