जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ

सिरहा । नेपाल विद्युत् प्राधिकरण सिरहा शाखामा कार्यरत एक जना कर्मचारीलाई जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का ३१ वर्षीय विश्वराज राई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । राईलाई सिरहा नगरपालिका–७ हेमनारायण चौकबाट […]

Feb 8, 2025 - 02:54
 0
जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ

सिरहा । नेपाल विद्युत् प्राधिकरण सिरहा शाखामा कार्यरत एक जना कर्मचारीलाई जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का ३१ वर्षीय विश्वराज राई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । राईलाई सिरहा नगरपालिका–७ हेमनारायण चौकबाट पक्राउ गरिएको हो ।

सूचना अधिकारी पासवानका अनुसार ती कर्मचारीको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा राईलाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतको अनुमतिबमोजिम आरोपी राईलाई पक्राउ गरी बिहीबार काठमाडौं साइबर ब्युरो शाखा पठाइएको प्रहरी नायब उपरीक्षक पासवानले बताए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register