जाडो मौसममा घाम ताप्दा हुन्छ धेरै फाइदा

काठमाडौं । जाडो मौसममा सबैलाई घाममा बस्न मनपर्छ । घाम ताप्दा शरीरको थकान हट्छ । काम गर्ने ऊर्जा पनि घामबाट प्राप्त हुन्छ, किनकि घाम भिटामिन–डी लिने सबैभन्दा राम्रो माध्यम हो । तर, घाममा तपाईं जाडोमा बस्नुहोस् वा गर्मीमा आफ्नो आँखा र अनुहारलाई घामबाट जोगाउनुपर्छ । किनकि धेरै बेरसम्म घाममा बस्दा आँखामा समस्या हुनसक्छ र अनुहारको […]

Dec 24, 2024 - 08:02
 0
जाडो मौसममा घाम ताप्दा हुन्छ धेरै फाइदा

काठमाडौं । जाडो मौसममा सबैलाई घाममा बस्न मनपर्छ ।

घाम ताप्दा शरीरको थकान हट्छ । काम गर्ने ऊर्जा पनि घामबाट प्राप्त हुन्छ, किनकि घाम भिटामिन–डी लिने सबैभन्दा राम्रो माध्यम हो । तर, घाममा तपाईं जाडोमा बस्नुहोस् वा गर्मीमा आफ्नो आँखा र अनुहारलाई घामबाट जोगाउनुपर्छ ।

किनकि धेरै बेरसम्म घाममा बस्दा आँखामा समस्या हुनसक्छ र अनुहारको छाला पनि बिग्रनसक्छ । त्यसो भए घाममा बस्ने सही समय कुन हो ?

विशेषज्ञका अनुसार जाडोको मौसममा घाममा बस्ने सही समय बिहान १०ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्मको हुन्छ । किनकि यस समयमा घाममा हुने नीलो किरणहरू हुन्छन्, जसले सिधै तपाईंको शरीरमा प्रभाव पार्छ र भिटामिन–डी को कमीलाई हटाउने पनि यही सही समय हो ।

धेरै व्यक्तिहरू घाममा पूरा कपडा लगाएर बस्छन् । जस्तै- स्वेटर ज्याकेट र टोपी पनि । यसले तपाईंलाई घामले धेरै पोल्नबाट बचाउन सक्छ तर, भिटामिन–डी को कमीलाई हटाउन यो तरिका सही होइन ।

यदि तपाईं सूर्यको किरणहरू र घामबाट शरीरमा ऊर्जा, भिटामिन डी र हड्डीहरू बलियो होस् भन्ने चाहनुहुन्छ भने यसको लागि कम कपडा लगाएर घाममा बस्नुपर्छ ।

यदि दैनिक घाममा दुई घण्टा कम कपडा लगाएर बस्नुहुन्छ भने तपाईं स्वस्थ रहनुहुनेछ र हड्डीहरू बलियो रहनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register