शिवसताक्षीमा जडिबुटीको सही पहिचान र प्रयोगसम्बन्धी अभिमुखीकरण
शिवसताक्षी, २६ माघ । झापा शिवसताक्षी नगरपालिका–८ का नागरिकलाई स्थानीय स्तरमा पाइने जडिबुटीको सही पहिचान र प्रयोगसम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। दूधे आयुर्वेद औषधालयको आयोजनामा स्वस्थ जीवनशैली, जडिबुटीको प्रयोग र आयुर्वेदिक अभ्यासबारे नागरिक आरोग्य कार्यक्रम अन्तर्गत अभिमुखीकरण गराइएको हो। कार्यक्रममा नगर प्रमुख मेघाहाङ्ग थोप्राले शरीर, मन र आत्माको सन्तुलनमा आधारित यो चिकित्सा [...] The post शिवसताक्षीमा जडिबुटीको सही पहिचान र प्रयोगसम्बन्धी अभिमुखीकरण appeared first on Jhapa Online.

शिवसताक्षी, २६ माघ । झापा शिवसताक्षी नगरपालिका–८ का नागरिकलाई स्थानीय स्तरमा पाइने जडिबुटीको सही पहिचान र प्रयोगसम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। दूधे आयुर्वेद औषधालयको आयोजनामा स्वस्थ जीवनशैली, जडिबुटीको प्रयोग र आयुर्वेदिक अभ्यासबारे नागरिक आरोग्य कार्यक्रम अन्तर्गत अभिमुखीकरण गराइएको हो।
कार्यक्रममा नगर प्रमुख मेघाहाङ्ग थोप्राले शरीर, मन र आत्माको सन्तुलनमा आधारित यो चिकित्सा प्रणालीले मानसिक, शारीरिक र आध्यात्मिक स्वास्थ्यलाई सुधार गर्न जोड दिने बताए । पछिल्लो समय एलोपेथिक पद्धतिले निको नभएका रोगहरु आयुर्वेद चिकित्सा पद्धति उपचार गर्दा दीर्घकालिन रुपमा रोगहरु निको भएका छन् । उनले भने, हामीले पनि नगरका सबै वडाहरुमा आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्दै लैजादै छौ ।
कार्यक्रममा दुधे आयुर्वेद औषधालयका कविराज राजेन्द्र पोख्रेलले स्थानीय नागरिकलाई आयुर्वेद, योग र जडिबुटीको माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यको सुधार, सकारात्मक सोच र व्यक्तित्व विकासका विषयमा जानकारी गराए। उनले सर्ने र नसर्ने रोगहरूको प्रकोपलाई न्यूनिकरण गरी स्वस्थ समाज निर्माण गर्न यस्तो कार्यक्रमको महत्व रहेको बताए।
कार्यक्रमका प्रमुख अंशहरूमध्ये स्थानीय जडिबुटीहरूको पहिचान, सही प्रयोग मात्रा, स्वस्थ जीवनशैली, सन्तुलित आहार, आयुर्वेद स्वास्थ्य सेवाहरू र रोगअनुसार योग तथा ध्यानको प्रयोगात्मक अभ्यास समावेश थिए।
कविराज पोख्रेलले भान्साबाट नै मानिसको जीवनशैली परिवर्तन गर्न सकिने बताए। उनले खानपानको समय, परिमाण र तरिकाबारे नागरिकलाई मार्गदर्शन प्रदान गरे। खानपान र जीवनशैलीमा सुधार नगर्दा मानिसहरु उमेर नपुग्दै विभिन्न रोगले ग्रस्त हुँदैछन्’, पोख्रेलले भने। रोग प्रतिरोधात्मक क्षमताको वृद्धिका लागि योग, सन्तुलित आहार र जीवनशैलीमा सुधार सबैभन्दा उत्तम उपाय भएको उनको धारणा छ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, महिला स्वास्थ्य स्वयंसेविकाहरू, आमा समूहका प्रतिनिधिहरू, जननिर्वाचित प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवीहरुले सहभागिता जनाएको थिए । अभिमुखीकरण झिलझिलेस्थित किरात राई यायोख्खाको सभाहलमा भएको थियो ।
The post शिवसताक्षीमा जडिबुटीको सही पहिचान र प्रयोगसम्बन्धी अभिमुखीकरण appeared first on Jhapa Online.
What's Your Reaction?






