झापाको गौरीगञ्जमा दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा, १३ फागुन । झापा गौरीगञ्ज गाउँपालिका–१ हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनमा एक जनाको मृत्यु भएको छ । आज दिउँसो कुञ्जिबारीबाट धानगडातर्फ जाँदै गरेको बा ६५ प ८७८६ नं।को मोटरसाइकल आफैँ अनियन्त्रित भई रोडको बाँया साइडमा रहेको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–४ का १७ वर्षीय सूरज राजवंशीको नाक, अनुहार [...] The post झापाको गौरीगञ्जमा दुर्घटना हुँदा एक जनाको मृत्यु appeared first on Jhapa Online.

Feb 25, 2025 - 13:27
 0
झापाको गौरीगञ्जमा दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा, १३ फागुन । झापा गौरीगञ्ज गाउँपालिका–१ हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनमा एक जनाको मृत्यु भएको छ । आज दिउँसो कुञ्जिबारीबाट धानगडातर्फ जाँदै गरेको बा ६५ प ८७८६ नं।को मोटरसाइकल आफैँ अनियन्त्रित भई रोडको बाँया साइडमा रहेको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–४ का १७ वर्षीय सूरज राजवंशीको नाक, अनुहार र टाउँकोमा चोट लागेको थियो । घाइते उनलाई उपचारको लागि दमक अस्पताल दमक तर्फ पठाइएकोमा २ः१५ बजे उपचारको क्रममा मृत्यु भएको चिकित्सकले घोषणा गरेको थियो ।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाको गौरीगञ्जमा दुर्घटना हुँदा एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register