दुई सय बढी विद्यार्थी बिरामी

ताप्लेजुङ, १६ फागुन । ताप्लेजुङको मेरिङदेन गाउँपालिका दुई विद्यालयका दुई सय बढी विद्यार्थी बिरामी भएका छन् । पालिकाको वडा नं ५ थुकिममा रहेको त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीमा ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने, टाउको दुख्ने र पेट दुख्ने लगायतका लक्षण देखिको विद्यालयका प्रधानाध्यापक कमल चेम्जोङले जानकारी दिनुभयो । विद्यार्थी बिरामी भएसँगै विद्यालय [...] The post दुई सय बढी विद्यार्थी बिरामी appeared first on Jhapa Online.

Feb 28, 2025 - 12:59
 0
दुई सय बढी विद्यार्थी बिरामी

ताप्लेजुङ, १६ फागुन । ताप्लेजुङको मेरिङदेन गाउँपालिका दुई विद्यालयका दुई सय बढी विद्यार्थी बिरामी भएका छन् ।

पालिकाको वडा नं ५ थुकिममा रहेको त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीमा ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने, टाउको दुख्ने र पेट दुख्ने लगायतका लक्षण देखिको विद्यालयका प्रधानाध्यापक कमल चेम्जोङले जानकारी दिनुभयो । विद्यार्थी बिरामी भएसँगै विद्यालय एक साताका लागि बन्द गरिएको छ । सोही वडाको जनज्योति आधारभूत विद्यालयका विद्यार्थीमा पनि सोही किसिमको बिराम देखिएकोले उक्त विद्यालय पनि बन्द गरिएको बताइएको छ ।

मेरिङदेन गाउँपालिकामा बिहीबार विद्यालयले खबर गरेपछि शुक्रबार नै पालिकाको स्वास्थ्य टोली गई विद्यालयका विद्यार्थीमा परीक्षण गरिएको पालिकाका निमित्त कार्यालय प्रमुख तथा स्वास्थ्य शाखा प्रमुख उदयकुमार यादवले जानकारी दिनुभयो । निमित्त प्रमुख यादवले त्रिभुवन माविमा परीक्षण गरिएकामध्ये ७७ जनामा सो बिराम देखिएको र जनज्योति माविमा पनि ३० जना विद्यार्थीहरूमा रुघा, खोकी, ज्वरो, पेट दुख्ने तथा लल्याकलुलुक भएर जिउ नै नथामिने देखिएको बताउनुभयो । जनस्वास्थ्य प्रमुख कुलबहादुर पौडेलका अनुसार इन्फ्लुएन्जा भाइरस सङ्क्रमणका कारण यस्तो भएको हुन सक्छ ।

The post दुई सय बढी विद्यार्थी बिरामी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register