सरकार जनताप्रति उत्तरदायी नहुँदा निराशा छायो : माधवकुमार नेपाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवंपूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरू सुशासन र जनताप्रति उत्तरदायी नहुँदा नेपाली जनतामा राजनीतिक निराशा पैदा भएको बताएका छन्। नेकपा (एकीकृत समाजवादी) को प्रथम गण्डकी प्रदेश अधिवेशनमा अध्यक्ष नेपालले भने, “अब राजनीतिक पार्टीले जनतामाझ निराशा होइन, आशा र उत्साह लिएर जान जरुरी छ, यसो गर्न नसकिए राजनीतिक दलहरूप्रति […]

Feb 9, 2025 - 04:26
 0
सरकार जनताप्रति उत्तरदायी नहुँदा निराशा छायो : माधवकुमार नेपाल

कास्की ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवंपूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरू सुशासन र जनताप्रति उत्तरदायी नहुँदा नेपाली जनतामा राजनीतिक निराशा पैदा भएको बताएका छन्।

नेकपा (एकीकृत समाजवादी) को प्रथम गण्डकी प्रदेश अधिवेशनमा अध्यक्ष नेपालले भने, “अब राजनीतिक पार्टीले जनतामाझ निराशा होइन, आशा र उत्साह लिएर जान जरुरी छ, यसो गर्न नसकिए राजनीतिक दलहरूप्रति जनताको निराशा झनै बढ्ने छ।”

एकीकृत समाजवादी आफ्नो सिद्धान्त, सङ्गठन र सङ्घर्षबाट अगाडि बढ्ने पार्टी भएकाले यसले नेकपा (एमाले) र (माओवादी केन्द्र) सँग पार्टी एकता नगर्ने अध्यक्ष नेपालले बताए। उहाँले भन्नुभयो, “पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्छौं, विचार मिल्ने पार्टीसँग एकता र सहकार्य गरेर जान्छौं।”

वर्तमान सरकारले ल्याएको अध्याधेशको विरोध गर्दै अध्यक्ष नेपालले उक्त अध्याधेश जनताको हितमा नरहेको बताए। उक्त अध्यादेश संविधान संशोधन गर्नभन्दा पनि ठूला पार्टीको हित र स्वार्थमा ल्याइएको उनको आरोप छ। एकीकृत समाजवादीले अब जनतामाझ आशा र उत्साह जगाउने कार्यक्रम लिएर जाने उनले बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register