नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै ९ करोड अवैध सम्पत्ति कमाएको आरोप
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । बस्नेतको ८ करोड ६९ लाख ८७ हजार रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको आरोपपत्रमा […]

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
बस्नेतको ८ करोड ६९ लाख ८७ हजार रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको आरोपपत्रमा उल्लेख छ । उनकी श्रीमती उर्मिला बस्नेतलाई पनि प्रतिवादी बनाइएको छ ।
What's Your Reaction?






