राजावादी समूहको आजको प्रदर्शन माइतीघरमा

काठमाडौं । राजावादी समूहले आज शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा आज माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए । राजावादी समूहले  बिहीबारदेखि राजसंस्था, हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग राख्दै  अनिश्चितकालीन आन्दोलन सुरु गरेको छ । सो समूहमा राप्रपा, राप्रपा […]

May 30, 2025 - 03:41
 0
राजावादी समूहको आजको प्रदर्शन माइतीघरमा

काठमाडौं । राजावादी समूहले आज शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा आज माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए ।

राजावादी समूहले  बिहीबारदेखि राजसंस्था, हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग राख्दै  अनिश्चितकालीन आन्दोलन सुरु गरेको छ ।

सो समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी सङ्घ सङ्घठन छन् । यसअघि राजावादीले बिहीबार  शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका  थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register