कमलपोखरी ग्यास सिलिन्डर विष्फोट घटना : घाइते दुई जनाको मृत्यु

काठमाडौं । कमलपोखरीस्थित सानदार मःम पसलमा गत बिहीबार बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा सोमबार राति ९ बजेतिर रविन राई र मङ्गलबार राति २ बजेतिर भीमबहादुर घलेको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराकाअनुसार घटनामा घाइते अन्य नौ जनाको […]

Feb 11, 2025 - 05:42
 0
कमलपोखरी ग्यास सिलिन्डर विष्फोट घटना : घाइते दुई जनाको मृत्यु

काठमाडौं । कमलपोखरीस्थित सानदार मःम पसलमा गत बिहीबार बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा सोमबार राति ९ बजेतिर रविन राई र मङ्गलबार राति २ बजेतिर भीमबहादुर घलेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराकाअनुसार घटनामा घाइते अन्य नौ जनाको अवस्थामा सामान्य रहेको छ ।

घाइते सबै मःम पसलमा काम गर्ने मजदुर रहेको बताइएको छ । माघ २३ गते ग्यास लिक भएर आगलागी भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register