अग्रता जोगाउन नसक्दा सिटी रियलसँग पराजित, पीएसजीलगायत अन्य ठूला टोलीको जित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट प्ले-अफ राउन्ड पहिलो लेगमा पूर्वविजेता म्यानचेस्टर सिटी पराजित भएको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा इङ्लिस क्लब सिटी साविक विजेता रियल मड्रिडसँग ३–२ गोलअन्तरले पराजित भएको हो । दुईपटक लिएको अग्रता जोगाउन सिटी घरेलु मैदान इतिहाद रङ्गशालामै पराजित भएको हो । रोमाञ्चक खेलका १९औँ मिनेटमै अर्लिङ […]

Feb 12, 2025 - 05:16
 0
अग्रता जोगाउन नसक्दा सिटी रियलसँग पराजित, पीएसजीलगायत अन्य ठूला टोलीको जित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट प्ले-अफ राउन्ड पहिलो लेगमा पूर्वविजेता म्यानचेस्टर सिटी पराजित भएको छ ।

नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा इङ्लिस क्लब सिटी साविक विजेता रियल मड्रिडसँग ३–२ गोलअन्तरले पराजित भएको हो । दुईपटक लिएको अग्रता जोगाउन सिटी घरेलु मैदान इतिहाद रङ्गशालामै पराजित भएको हो ।

रोमाञ्चक खेलका १९औँ मिनेटमै अर्लिङ हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर ६०औँ मिनेटमा केलियन एमबाप्पले बारबरी गोल फर्काए ।
यसपछि खेलको ८०औँ मिनेटमा सिटीले फेरि अग्रता लियो । हालान्डले नै पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका हुन् ।

यद्यपि ब्राहिम डियाजले ८६औँ मिनेटमा गोल गरेपछि स्पेनिस क्लब रियलले फेरि खेल बराबरीमा ल्यायो । तर जुड बेलिङ्घमले खेलको अन्त्यतिर गोल गरेपछि रियलले प्रतिस्पर्धात्मक जित हात हारेको हो ।

आफ्नै घरमा बेहोरेको हारले इंग्लिस च्याम्पियन प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ । अब उसले अन्तिम १६ मा स्थान बनाउने हो भने फेब्रुअरी १९ मा सर्वाधिक १५ पटकको विजेता रियलको मैदानमा नतिजा उत्टाउनु पर्नेछ । यो सहज नभएको विश्लेषण गरिएको छ ।

अन्य खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी), युभेन्ट्स र बोरुसिया डर्टमुन्डजस्ता ठूला टोली विजयी रहे ।

फ्रेन्च डर्बीमा पीएसजीले ब्रेस्टलाई उसकै घरमा ३–० ले हराएर आफूलाई मजबुत स्थितिमा राख्यो । यो जितले उसको अर्को चरणको यात्रा बलियो भएको छ । यस्तै इटालियन

क्लब युभेन्ट्सले डच क्लब पीएसभी आयनहोभनलाई २–१ ले पराजित गर्यो ।

यस्तै जर्मन क्लब डर्टमुन्डले पनि पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनलाई उसकै घरमा ३–० ले पराजित गरेको हो । यससँगै डर्टमुन्डले पनि अन्तिम १६ को यात्रा बलियो बनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register