तीनकुने घटनाबारे संसदमा छलफलको वातावरण बनाउन सभामुखको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबार काठमाडौंको तीनकुनेमा लोकतन्त्रमाथि प्रहारको उद्देश्य सहित घटना भएकाले त्यसबारे संसदमा छलफलको वातावरण बनाउन विपक्षी दललाई आग्रह गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलहरू सहभागि हुने कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले घिमिरेले यस्तो आग्रह गरेका हुन् । ‘तीनकुने घटनमा जे भयो त्यो घटना लोकतन्त्रमाथिको प्रहार हो । त्यो घटनाबारे संसदमा […]

Mar 30, 2025 - 07:45
 0
तीनकुने घटनाबारे संसदमा छलफलको वातावरण बनाउन सभामुखको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबार काठमाडौंको तीनकुनेमा लोकतन्त्रमाथि प्रहारको उद्देश्य सहित घटना भएकाले त्यसबारे संसदमा छलफलको वातावरण बनाउन विपक्षी दललाई आग्रह गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलहरू सहभागि हुने कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले घिमिरेले यस्तो आग्रह गरेका हुन् ।

‘तीनकुने घटनमा जे भयो त्यो घटना लोकतन्त्रमाथिको प्रहार हो । त्यो घटनाबारे संसदमा छलफल र बहस गर्ने वातावरण बनाऔँ,’ उनले बैठकमा विपक्षी दलहरूलाई आग्रह गरेका छन् ।

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिँदासम्म संसद अवरोध कायमै हुने विपक्षीको अडान छ । प्रधानमन्त्री ओलीले चैत १८ गतेको संसद बैठकमा जवाफ दिने सन्देश पठाएका छन् ।

विपक्षी दलले खडान कायमै राखेपछि सभामुख घिमिरेले संसद जीवन्त रहेको महसुस गराउन दलहरूलाई आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register